काठमाडौं। नेपालको अडियो तथा वेयरएबल्समा चर्चित ब्रान्ड अल्टिमा लाइफस्टाइलले यस वर्ष पनि “अल्टिमा दशैं मेला २.०” अभियान सार्वजनिक गरेको छ।
अल्टिमाले नेपालीहरुको महान पर्व दशैलाई लक्षित गर्दै भदौ २४ गतेदेखि असोज ७ गतेसम्म संचालन गर्ने गरि प्रतिक्षित अभियान सार्वजनिक गरेको हो।
यस्तै अल्टिमाले आगामी भदौ २४ गते भक्तपुरको कौशलटारमा आफ्नो चौंथो आधिकारिक आउटलेटको समेत सुरुवात गर्दैछ। जहाँ विशेष इन-स्टोरका अनुभवहरु पाइनेछ।
कौशलटार आउटलेटमा भ्रमण गर्ने ग्राहकहरु विशेष लन्च डे अफर, रमाइला खेलहरु र आकर्षक गतिविधिहरुमा सहभागी हुन सक्छन्। जसले ग्राहकको किनमेल अनुभवलाई पहिले भन्दा इनामदायक बनाउने अपेक्षा कम्पनीको छ।
अफरै अफर
यस अवधिमा ग्राहकहरूले एकमा एक फ्री, रु. १ मा ग्याजेट, घडी किन्दा इयरबड्स फ्री, साउन्डबारमा इयरबड्स फ्री, Paisa Vasool Deal, एक ट्रक उपहार र अन्य धेरै उत्सवी ट्रीटहरुको अफर पाउनेछन्।
स्पेशल फ्ल्यास डील- दराज एस्क्लुजिभ
अल्टिमाले दराजको वेबसाइटमा फास्टर फिंगर फस्टको आधारमा केही भाग्यशाली ग्राहकहरुको लागि रु. २९,९९९ मूल्यको वेबबार साउण्डबार २०० साउण्डबार मात्र रु. ९ मा उपलब्ध गराउने छ। अल्टिमाले यो अफरलाई उच्च मागको डील भनेको छ।

मुख्य अफरहरू:
१. एकमा एक सित्तैमा – Ultima Boom 211 इयरबड्स किन्ने ग्राहकले अर्को Boom 211 इयरबड्स निःशुल्क पाउने छन्।
२. घडीमा इयरबड्स सित्तैमा – Ultima Magnum E400 स्मार्टवाच खरिद गर्दा Boom 211 इयरबड्स निःशुल्क पाउने छन्।
३. साउण्ड बारमा इयरबड्स फ्री - Ultima Wavebar 200W Soundbar खरिद गर्ने हरेक ग्राहकले रु. ३४९९ मूल्यको Boom 211 इयरबड्स निःशुल्क पाउने छन्।
४. Paisa Vasool Deal – यो अफर अन्तरगत भदौ २४ देखि असोज ७ सम्म हरेक दिन कुनै पनि उत्पादन सबैभन्दा कम मूल्यमा उपलब्ध हुनेछ।
५. दैनिक दक्षिणा–दैनिक रुपमा एक जना भाग्यशाली ग्राहकले रु. ११,९९९ मूल्यको Soundbox S50 निःशुल्क पाउने छन्।
६. रु १ मा चमत्कार – आधिकारिक वेबसाइटमार्फत रु. १ मा सीमित ग्याजेट खरिद गर्ने मौका। यो अफर फास्टर फिंगर फस्टको आधारमा केही भाग्यशाली ग्राहकहरुका लागि हुनेछ।
७. मालामाल कम्बो – यो विभिन्न ग्याजेटको आकर्षक कम्बो अफर हो। यसमा धेरै छुटमा आफ्ना मनपर्ने ग्याजेट किन्न सकिन्छ।
८. एक ट्रक उपहार – अभियानको बम्पर उपहार अन्तर्गत एकजना भाग्यशाली ग्राहकलाई ट्रक भरी लाखौं मूल्यका उपहारसहितको सामान प्रदान गर्नेछ। यो अल्टिमा दशै मेला २.० अभियानको बम्पर उपहार हुनेछ।
कहाँ कहाँ उपलब्ध हुनेछ यी अफर?
यो अफरहरू उपभोक्ताले Ultima.com.np, आधिकारिक स्टोरहरू (पुल्चोक, पुतलीसडक, नयाँबानेश्वर, कौशलटार), Daraz र Khalti मा पाउन सक्छन्।




