काठमाडौं। बुधवार राति कोसी र बाग्मती प्रदेशका केही स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ।
हाल मनसुसनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेकाले दिनभर देशभर मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बुधवार दिउसो सातै प्रदेमा मध्यम वर्षाको सम्भावना रहेको छ। राति भने कोसी र बाग्मती प्रदेका केही स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाको पूर्वानुमान छ।
महाशाखाले वर्षाका पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ।



