मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

एउटै गिरोह एकसय जनाभन्दा धेरैको मिर्गौला तस्करीमा संलग्न

एउटै गिरोह एकसय जनाभन्दा धेरैको मिर्गौला तस्करीमा संलग्न

भारतकै आधार कार्ड लिएर अस्पतालका चिकित्सक र कर्मचारीसँग सेटिङ

images
२०८२ भाद्र १६ गते, सोमवार
२०८२ भाद्र १६ गते, सोमवार
  • काठमाडौं। नेपाल प्रहरीले आइतबार सार्वजनिक गरेको घटनाको अनुसन्धान रिपोर्टले नेपालमा मिर्गौला तस्करीमा गिरोह नै सक्रिय रहेको पुष्टी गरेको छ।

    images

    प्रहरीले गिरोहमध्येका ७ जना नेपालीलाई पक्राउ गरेपछि प्रारम्भिक अनुसन्धानले त्यस्तो तथ्य देखाएको हो। पाँचजना पीडितको उजुरीका आधारमा मानव बेचबिखान तथा ओसारपसारसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको प्रहरीले गम्भीर तथ्यहरु फेला पारेको छ।

    images

    मिर्गौला तस्करी गिरोहका मुख्य नाइके शयामकृष्ण भण्डारी रहेको र हालसम्म २५ जनाको मिर्गौला झिक्न लगाइ पैसा लिएको स्वीकार गरेको मानव बेचबिखान अनुसन्धान ब्यूरोले जनाएको छ।

    ब्यूरोका एसएसपी कृष्ण पंगेनीका अनुसार भण्डारीले हालसम्म २५ जनाको मात्रै मिर्गौला झिक्न लगाएको बयान दिएपनि सो गिरोहले एकसयभन्दा बढी व्यक्तिको मिर्गौलाको अवैध बेचविखनमा संलग्न भएको जानकारी प्रहरीमा आएको छ।

    भारताट फर्किने क्रममा प्रहरीले ३८ वर्षका भण्डारीलाई कञ्चनपुरको गड्डाचौकी र उनका सहयोगी २९ वर्षीय सुजन भारतीलाई पर्साको बिरगंजबाट पक्राउ गरेको थियो। भण्डारी सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका ७ का हुन् भने भारती सिन्धुपाल्चोककै इन्द्रावती गाउँपालिका २ का हुन्।

    यसअघि ब्युरोले पीडितको उजुरीका आधारमा काठमाडौं, नुवाकोट र काभ्रे जिल्लाबाट राकेश नेपाली, समिर नेपाली र राजकुमार नेपालीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।

    ६ लाखमा मिर्गौला किनबेच, मान्छे खोज्नेले पाउँथे ५० हजार

    गिरोहले नेपाल र भारतमा तैनाथ भइ मिर्गौला तस्करी गर्ने गरेको अनुसन्धानले देखाएको छ। एसएसपी पंगेनीका अुनसार उनीहरूले काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, धादिङ, नुवाकोट लगायतका जिल्लामा पुगी सोझा तथा गरीब मानिसहरुलाई भारत पुर्याएर मिर्गौला तस्करी गर्थे।

    सो क्रममा उनीहरुर्ले `मिर्गौला झिक्दैमा मरिँदैन, स्वास्थ्यमा कुनै असर पर्दैन’ भन्दै मिर्गौला दिएवापत् ६ लाख रुपैयाँ दिने प्रलोभनमा पार्ने गर्थे। यसरी मिर्गौला बेच्न तयार व्यक्ति खोजे वापत एक एजेन्टले पचास हजार रुपैयाँ पाउँथे।

    त्यसपछि गिरोहले नै भारतको नयाँ दिल्लीसम्म पुर्याउने र त्यहाँको लाजपत नगर कस्तुरवा निकेतनस्थित एक होटेलमा खाने बस्ने व्यवस्था मिलाउने गरेको अनुसन्धानबाट देखिएको छ।

    यो गिरोह तीन वर्ष अघिदेखि मिर्गौला बेचविखनमा संलग्न हुँदै आएको प्रहरीको दाबी छ।

    भारतीय चिकित्सक कर्मचारी संलग्न, होटलमै लिन आउँथे रगतको नमूना

    मिर्गौला तस्करी गिरोहका नाइके शयामकृष्ण भण्डारी विगत तीन वर्षदेखि भारतकै आधार कार्ड लिइ लाजपतमा बसोबास गर्दै आएको अनुसन्धानमा खुलेको छ।

    ब्यूरोका अनुसार भारतको ग्रेटर नोयडास्थित यथार्थ हस्पिटल तथा नयाँ दिल्लीका विभिन्न अस्पताल र क्लिनिकका डाक्टर, कर्मचारी तथा एजेन्टहरुसँग समन्वय गर्ने काम उनै भण्डारीले गर्ने गरेका थिए।

    अस्पताल तथा क्लिनिकका कर्मचारीहरु आएर मिर्गौला झिक्न राखिएका व्यक्तिको रगतको नमूना होटेलमा नै सकंलन गर्ने गरेको पक्राउ परेकाहरुले बयान दिएका छन्। मिर्गौला झिक्न तयार भएपछि आँखामा कालोपट्टी र बेहोस हुने इन्जेक्सन लगाएर मिर्गौला झिक्ने र तीन चार दिन अस्पताल बसाइपछि नेपाल पठाउने गरेको उनीहरुले बयान दिएका छन्।

    कतिपय जाहेरीवालाले भने भण्डारीको समूहले कबुल गरेको ६ लाख रुपैयाँ पनि नदिएको आफूहरु पीडित मात्रै भएको उजुरी दिएका छन्। बयानका आधारमा २५ जनाको मिर्गौला झिकेको बताएपनि एकसय जनाभन्दा बढीको मिर्गौला बेच्ने गरेको सूचना प्रहरीलाई प्राप्त भएको पंगेनीले बताए।

    पक्राउ परेका सुजन भारतीले पहिले आफ्नै मिर्गौला बेचेको र अहिले भारतमा रहेर भण्डारीलाई मिर्गौला तस्करीमा सहयोग गर्ने गरेको भनेका छन्।

    मानव बेचबिखान तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार कानून बमोजिम बाहेक मानिसको कुनै अंग झिक्नेलाई १० वर्ष कैद र दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

    यस्तै संगठित अपराध निवारण ऐन २०७० अनुसार सम्बद्द कसुरमा तोकिएको सजायमा डेढी बढाइ सजाय हुनसक्ने समेत व्यवस्था छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend