मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नेपालमा उत्पादन हुन थाल्यो `एन्टीबायोटिक´ रहित अण्डा

नेपालमा उत्पादन हुन थाल्यो `एन्टीबायोटिक´ रहित अण्डा

images
२०८२ भाद्र १६ गते, सोमवार
२०८२ भाद्र १६ गते, सोमवार
  • चितवन। सरकारले कुखुरामा एन्टीबायोटिक प्रयोग गर्न रोक लगाएपछि चितवनसहितका देशका विभिन्न स्थानमा एन्टीबायोटिक रहित अण्डा उत्पादन हुन थालेको छ।

    images

    केही वर्षअघिसम्म कुखुरालाई दिइने दाना र पानीमा एन्टीबायोटिक प्रयोग गर्ने गरिएकोमा पछिल्ला वर्षहरुमा निषेध गरिएको छ। पहिले एन्टीबायोटिक ग्रोथ प्रमोटर (एजीपि) को प्रयोग हुँदै आएको थियो।

    images

    केही वर्षयता सरकारले कुखुरामा एन्टीबायोटिक प्रयोग गर्न रोक लगाएपछि अन्य विधिबाट रोग नियन्त्रण गरेर अण्डा उत्पादन गर्ने गरिएको छ।  यस्तै कुखुरालाई खोप प्रयोग गर्ने गरिएको छ।

    कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा अनन्त दाहालका अनुसार अहिले नेपालका अधिकांश पोल्ट्री फार्महरुमा एन्टीबायोटिक प्रयोग गर्न हुन छाडेको छ। जसले गर्दा उपभोक्ताले एन्टिबायोटिक मुक्त अण्डा सहजै पाउन थालेका छन्।

    आफूले अतिरिक्त समयमा परामर्श एवं पोषण हेर्दै आएको नवलपरासीको दाउन्ने एग्रो फार्ममा एन्टीबायोटिक पूर्णरुपमा निषेध गरिएको दाहाल बताउँछन्। 

    देशका अन्य फार्महरुमा पोषण हेर्ने चिकित्सकले ती फर्ममा एन्टीबायोटिक प्रयोग नगरेकाले अधिकांश फार्मबाट उत्पादन भएका अण्डा एन्टीबायोटिकरहित भएको उनको भनाइ छ।

    अहिले खुखुरालाई दानामा जडिबुटीजन्य खुराकहरु खुवाउने गरेको उनी बताउँछन्। पहिले सामान्य किसिमका ब्याक्टेरियल रोगहरु देखापर्दा एन्टीबायोटिक प्रयोग गर्ने गरिएको थियो।

    एन्टीबायोटिक प्रयोग गरेर उत्पादन भएको अण्डामा केही हिस्सा मानिससम्म पुग्ने उनी बताउँछन्।

    “कुखुरालाई एन्टीबायोटिक प्रयोग गरेर पारेको अण्डामा रहलपहल एन्टीबायोटिक आउथ्यो, जसले मानव स्वास्थ्यमा पनि असर गर्ने गरेको पाइन्थ्यो।” डा दाहालले भने।

    कुखुरामा अहिले प्रयोग भएको भ्याक्सिनले मानव स्वास्थ्यका लागि भने असर नगर्ने उनको भनाइ छ।

    “यसले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने र कुखुराको स्वास्थ्य राम्रो बनाउन मद्दत गर्दछ। जुन रोगको विरुद्धमा भ्याक्सिन दिइएको हुन्छ, यसले सो रोग नियन्त्रणमा आउँछ र असर अण्डासम्म पुग्दैन।” उनी भन्छन्।

    नियन्त्रणमा नै नआउने कुनै कुनै रोगको प्रयोगशालामा परीक्षण गरेर कुन प्रकारको ब्याक्टिरिया हो पत्ता लगाई त्यसलाई नियन्त्रण गर्न सीमित मात्रामा संवेदनशील खालको एन्टीबायोटिक पानीको माध्यमबाट प्रयोग गर्ने गरिएको उनको अनुभव छ।

    नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले सङ्घभित्रका फार्महरुमा अहिले एन्टीबायोटिकको प्रयोग नहुने बताए। सरकारको नीति निर्देशन अनुसार गुणस्तरीय अण्डा उत्पादनमा आफूहरु लागेको उनी बताउँछन्।

    जोखिम र खर्च बढे पनि मानव स्वास्थ्यलाई ख्याल गर्दै एन्टीबायोटिकरहित अण्डा उत्पादनमा जोड दिइएको उनको भनाइ छ।

    नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय पूर्वअध्यक्ष त्रिलोचन कँडेलले कुखुराको रोग प्रतिरोधी क्षमता बढाउन वैकल्पिक उपायहरु अव लम्बन गरिएको बताए। नेपालमा उत्पादन भएको अण्डा एन्टीबायोटिकरहित भएको भन्दै उनले सीमा क्षेत्रमा बाहिरबाट छिरेका अण्डाको गुणस्तर भने भन्न नसकिने जानकारी दुए।

    चितवनका फिजिसियन डा भोजराज अधिकारी कुखुरामा भएका रोगहरु अण्डामा नहुने बताउँछन। एन्टीबायोटिक प्रयोग नहुँदा अण्डा थप स्वस्थकर बन्ने भन्दै उनले मानव स्वास्थ्यका लागि अण्डा उपयोगी भएको र एन्टिबायोटिक मुक्त अण्डा झनै उपयोगी हुने बताए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend