बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

आज कस्तो हुन्छ मौसम?

आज कस्तो हुन्छ मौसम?

images
२०८२ भाद्र १६ गते, सोमवार
२०८२ भाद्र १६ गते, सोमवार
  • काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम साधारणतया बदली रहनेछ।

    images

    आज कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ।

    images

    विभागका अनुसार दिउँसो बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

    यसैगरी रातीको समयमा सुदूरपश्चिम प्रदेशका केही स्थानहरू, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित छ। 

    कहाँ कहाँ छ भारी वर्षाको सम्भावना?

    आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा भएको र हुने क्रम जारी रहेको पनि जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

    सोमबार सूचना जारी गर्दै विभागले बागमती प्रदेशका सिन्धुपाल्चोक, दोलखा, काभ्रे, चितवनलगायत क्षेत्र, गण्डकी प्रदेशका म्याग्दी, गोर्खा, कास्कीलगायत क्षेत्र, कर्णाली  प्रदेशका जाजरकोट, कालीकोट, जुम्ला, हुम्लालगायत क्षेत्र तथा सुदूरपश्चिम प्रदेशका दार्चुला, डोटी, डढेलधुरा, कञ्चनपुरलगायत क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको जनाएको छ।

    वर्षाको क्रम अझै जारी रहेको र विशेष गरी सुदूरपश्चिम प्रदेशका भूभागमा अझै  मेघगर्जनसहित वर्षा गराउने बादल विकसित भइरहेकाले आवश्यक सतर्कता अपनाउ विभागले अनुरोध गरेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend