काठमाडौं। नेपालीहरूको मुख्य चाडपर्वको सिजन सुरुभएसँगै नेपाली बजारमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक स्मार्ट फोनको एउटा ब्राण्ड `कुलप्याड´ले आफ्नो उपस्थिति देखाएको छ।
बनई गोरैया ग्रुपले नेपालका लागि आधिकारिक रुपमा आयात गरेको कुलप्याडका अत्याधुनिक स्मार्ट फोनहरु शुक्रबार एकैदिन चार विभिन्न मोडलमा सार्वजनिक गरिएको हो।
बिजी ग्रुपका अध्यक्ष साहेबलाल साहले नेपाली उपभोक्तालाई विश्वस्तरीय तथा गुणस्तरीय स्मार्टफोन उपलब्ध गराउने गरि कम्पनी अघि बढेको बताए। उनले मोबाइल फोनका क्षेत्रमा लामो अनुभव भएका टिमलाई साथमा लिएर अध्ययन गरेरै नेपाली भुगोल तथा उपभोक्ताको माग अनुसारको स्मार्टफोन भित्राइएको बताए।

बिजी ग्रुपका सीइओ समर्पण मिश्रले कुलप्याड फोन सँगै आम उपभोक्तालाई दिइने सेवा तथा सुविधाको पनि तयारी सहित बजारमा आएको बताए। उनले काठमाडौको न्युरोडमा अत्याधुनिक आधिकारिक सर्भिस सेन्टर खुल्दै गरेको बताउँदै देशका मुख्य शहरमा पनि उपभोक्ताले सेवा पाउने बताए।
उनले देशभरका आफ्ना विक्रेताहरुलाई एक ठाउँ राखेर भब्य कार्यक्रमका बिचमा ती मोडलहरु सार्वजनिक गरिएको जानकारी दिंदै विक्रीपछिको सेवामा पनि कम्पनी तयारीसहित आएको दाबी गरे।
समयको माग अनुसार नेपाली बजारमा ल्याइएको कुलप्याडका चारै वटा मोडल आकर्षक लुक्समा उपलब्ध रहेको कम्पनीका नेशनल सेल्स हेड विशाल बरालले बताए। उनका अनुसार प्रतिस्पर्धात्मक बजारमा कुलप्याडले ल्याएका फोन सेटहरु गुणस्तरीयसँगै नेपाली आम्दानी सुहाउँदा छन्।
कुन मोडल कति मूल्यमा उपलब्ध छन्?
मिश्रका अनुसार कुलप्याड X100, कुल प्याड CP12 निइयो प्लस, कुल प्याड C15, कुल प्याड C16 गरेर चार वटा मोडल नेपालमा सार्वजनिक गरिएको छ।
कुलप्याड X100 १०८ मेगापिक्सेलको एआई ट्रिपल क्यामेरा, १२० हर्ज अल्ट्रा स्मूथ डिस्प्ले र हेलिओ जी९९ गेमिङ प्रोसेसरमा उपलब्ध छ। यो फोन नेक्स्ट-लेभल कुलको स्लोगनका साथ प्रस्तुत गरिएको हो। यो फोन १६/२५६ जिबीमा उपलब्ध छ, जसको अधिकतम खुद्रा मूल्य २३ हजार ९९९ पर्छ।
कुलप्याड CP12 निइयो प्लस मोडेल १२० हर्ज डिस्प्ले, ५००० एमएएच क्षमताको ब्याट्रीसहित उपलब्ध छ। जसमा १३ मेगापिक्सेल एआइ क्यामेरा उपलब्ध छ। जसको ८/६४ जिबीको अधिकतम खुद्रा मूल्य १० हजार ४९९ पर्छ। यस्तै १०/१२८ जिबीको ११ हजार ९९९ पर्छ।
यसैगरी कुलप्याड C15 मोडलमा ९० हर्ज डिस्प्लेसहित बलियो बनावट र आकर्षक लुक्समा ५००० एमएएच ब्याट्री सहित उपलब्ध छ। ५० मेगापिक्सेल क्यामेरा भएको यसको मूल्य १२/२५६ जिबीको १५ हजार ४९९ रुपैयाँ पर्छ।
यसैगरी कुलप्याड C16 मा ५००० एमएएच क्षमताको ब्याट्री छ। यो भेरियन्टमा ९० हर्ज डिस्प्ले र ५० मेगापिक्सेल एआई ट्रिपल क्यामेरा उपलब्ध छ। सी मोर सी पावर स्लोगन रहेको यो भेरियण्टको मूल्य १२ हजार ९९९ पर्छ।
अमेरिका, अफ्रीकासहित एसियाका विभिन्न देशमा चर्चित बनेको कुलप्याड नेपाली मनको रोजाइमा पर्ने बिजी ग्रुपको दाबी छ। यी सबै मोडलहरू देशभरका प्रमुख मोबाइल स्टोरमा उपलब्ध हुनेछन्।
यस्ता छन नेपालमा सार्वजनिक भएका कुलप्याडका स्मार्ट फोन








