मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

पहिचान नपाउँदा घर छोड्न बाध्य छन् यौनिक तथा लैंगिक अल्पसंख्यक बालबालिका

पहिचान नपाउँदा घर छोड्न बाध्य छन् यौनिक तथा लैंगिक अल्पसंख्यक बालबालिका

images
२०८२ भाद्र १४ गते, शनिवार
२०८२ भाद्र १४ गते, शनिवार
  • काठमाडौ। १५ वर्षकी सेलिना थापाले करिब तीन वर्ष घर छाडिन्। जन्मदा बालिकाको स्वरुपमा जन्मिएकी उनलाई उमेर बढ्दै गएपछि आफू जस्तै बालिका नै मन पर्न थाल्यो। उमेर बढ्यो, स्वभाव फेरिएन। सेलिना १५ वर्षको भएपछि उनको परिवारले छोरीलाई आफुजस्तै छोरी मान्छे नै मन परेको अनुभव गर्न थाले। सेलिनाको आफू जस्तै केटी नै मन पर्ने स्वभाव परिवारले स्वीकार गर्न सकेनन्। अन्ततः उनले घर छाडिन्। 

    images

    उनै सेलिना परिवारको अवहेलनापछि काठमाडौं आइन् र ब्लुडाइमण्ड सोसाइटीको आश्रयमा पुगिन्। अहिले उनी आफूलाई ‘लेस्बियन’ बताउँछिन्। ब्लुडाइमण्ड सोसाइटीको आश्रयमा पुगेपछि उनले आफू जस्तै केटी किन मन पाराउँछु भन्ने बारेमा मात्रै बुझिनन् आफ्‌नो पहिचान पनि पाएको अनुभव गरिन्।

    images

    ‘शिक्षित परिवार भए पनि घरमा एकदमै विभेद्को अवस्था रहेछ, घरमा बस्ने वातावरण नै नभएपछि ब्लुडाइमण्डको आश्रयमा आएर उनले आफ्‌नो पारिवारिक अवस्था बारे जानकारी गराइन्। हामीले उनलाई रेस्पेक्ट होममा राख्यौं, विस्तारै उनले आफ्‌नो पहिचान के हो भन्ने बुझिन्।’ यौनिक तथा लैगिक अल्पसंख्यक समुदायको बालबालिकाको पक्षमा काम गर्दै आएकी समूदायकी अभियन्ता रुबिना तामाङले भनिन्। 

    अहिले उनीमा आफ्‌नो पहिचान प्राप्तिसँगै अरुका अघि बोल्ने आफ्‌ना कुरा राख्ने बानीको पनि विकास भयो। शिक्षित परिवार भएर पनि घर छाडेरै हिडेकी उनी पहिचान पाएपछि घर फर्किएकी छिन्। सेलिनाले अहिले आफ्‌नो स्वभाव परिवारलाई बताएकी छन्। ढिलै भएपनि परिवारले सेलिनालाई स्वीकारेको छ। तर अझै समाजले स्वीकार गरेको छैन।

    ‘अहिले सेलिना घर फर्केर परिवारलाई सम्झाएर बस्न थालेकी छन्। तर स्कूलमा उसलाई पढ्न सहज छैन। अहिले पनि स्कूलमा कि छोरा हुन्छ की छोरी भन्ने शिक्षकहरुकै बुझाई छ, पहिले घरसँग लडेकी उसले अहिले समाज र विद्यालयमा विभेद् भोग्नु परिरहेको छ।’ अभियन्ता तामाङले थपिन्।

    पहिचान खोज्दा डीप्रेसनको औषधी

    अर्को एउटा घटनामा जोडिएकी छन् अनु तामाङ। १६ वर्षको उमेरमा एसईई दिंदै गरेकी आफ्‌नो सन्तान (अनु) लाई यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायकै भएका कारणले परिवारले बुझेनन्। स्वभाव फरक हुँदै गएपछि उनीहरुले उसलाई २१ दिनसम्म रिह्याब सेन्टरमा लगेर राखे र डिप्रेसनको औषधि दिए। औषधि सेवनपछि उसको अस्वभाविक तौल बढ्यो। परिवारले स्वभाव नफेरिएपछि ब्लुडाइमण्ड सोसाइटी पुर्याए र उनको आनीबानी सुनाए। सोसाइटीको कार्यालय पुगेपछि अनुले आफूलाई अभिभावकले डीप्रेसनको औषधि दिएको सुनाए। 

    परिवारले उसलाई जन्मदा छोरा मान्यो, अहिले पनि छोराकै रुपमा बुझ्‌छन्। तर उनी अहिले डीप्रेसनको औषधिको असर भोगिरहेका छन्। परिवारले उनलाई मनोचिकित्सककहाँ लगेर चेकजाँच गराइरहेका छन्। उनले आफूसँगै आफूलाई विवाह गर्न मन भएको बताउने गरेका छन्। 

    ‘डाक्टरसँग उनी राम्रैसँग कुरा गर्छन्, सबै कुरा भन्छन्, डीप्रेसनको औषधिले उसलाई असर गरेको रहेछ, मलाई डीप्रेसनको औषधिले ठीक हुने होर? भनेर सोध्छन्, उसको तौल अस्वभाविक बढेको छ।’ ब्लुडाइमण्ड सोसाइटीकी अभियन्ता तामाङले भनिन्। 

    उनी अहिले कक्षा ११ को परिक्षा सकाएर १२ कक्षामा पढ्ने तयारीमा छन्। तर औषधिको असर कम छैन, डीप्रेसनमै छन्। नील हिरा समाजकै सम्पर्कमा रहेका उनलाई आफू समाजमा खुलेर आएपछि समाजले घृणा गर्ला, विभेद गर्दा भन्ने डर छ। आफ्‌ना कारण परिवारलाई पनि समाजले हेर्ने दृष्टीकोणमा असर पर्ने होकी भन्ने डर उनीमा रहेको सुनाउँछन्। 

    अहिले आफैं मेन्टल हेल्थ काउन्सिलर

    १७ वर्षीय रिता उप्रेतीको स्वभाव फरक थियो। उनको परिवारमा आमा र बहिनी मात्र। बुवा परिवारबाट अलग। रितालाई नील हिरा समाजले फेला पारेर आफ्‌नो कार्यालयमा साहरा दियो। उनी बाइसेक्सुअल हुन्। सुरुमा आउँदा आफैंलाई सम्हाल्न असहज अवस्थामा रहेका र आफैंले आफैंलाई स्वीकार्न नसकेका उनी सोसाइटीकै संरक्षणमा रहँदा सन् २०२४-२०२५ मा रेन्बो युथ लिडर पनि भए। उनी अहिले विगत चार महिनादेखि सोसाइटीमा नै मेन्टल हेल्थ केयरमा काउन्सिलरका रुपमा काम गरिरहेका छन्।

    सोसाइटीले यसरी ल्याएर राख्ने गरेका व्यक्तिहरुलाई परिवारसँग राखेर छलफल गराउने तथा उनीहरुका कुरा सुनाइदिने गरेको तामाङ बताउँछिन्।

    ‘हामीसँग पियर सपोर्ट ग्रुप छ, हामीले भेटाएकाहरुलाई ल्याउँछौं, सबैको परिवारको अवस्था फरक फरक हुन्छ, कसैले बुझ्छन्, कसैले आफू यो समूदायको भन्ने थाहापाएपछि आफैंलाई बुझ्‌न नसकेको अवस्था पनि छ, हामी परिवारलाई बोलाएर पनि मिटिङगरेर सम्झाइ बुझाइ गर्छौ।’ तामाङले भनिन्।

    तामाङका अनुसार कतिपय यौनिक तथा लैगिक अल्पसंख्यक समूदायको हो भनेपछि आफैं पनि एन्जाइटी तथा डिप्रेसनामा पुगेका छन्। सबैले आफूलाई स्वीकार्ने र आफैं खुलेर आउने अवस्था नबनेको उनको अनुभव छ।

    सन् २०२४ र २०२५ मा गरेर पहिचानको खोजीमा रहेका र आफ्‌नो पहिचान बुझेका तर समाजसँग खुल्न नसकेका ६० जना भन्दा बढी यौनिक तथा लैंगिक तथा अल्पसंख्यक समूदायका बालबालिकाहरु अहिले ब्लु डाइमण्ड सोसाइटीसँग सम्पर्कमा छन्। उनीहरु बेलाबखत कार्यक्रममा आउँदा आफ्‌ना कुरा सेयर गर्छन। सुनाउँछन्। तर परिवार र समाजसँगको लडाइ निरन्तर छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend