काठमाडौं। बिहीवार नेपालमा बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव बढेको छ। जसका कारण मधेश बाहेक सबै प्रदेशका पहाडी भेगमा बिहीवार बिहान हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बिहीवार दिनभर पनि सबै प्रदेशमा मध्यम वर्षाको सम्भावना छ। बाग्मती प्रदेशका पहाडी भेगमा दिउँसो केही स्थानमा मध्यम वर्षाको सम्भावना देखिएको छ।
यस्तै बिहीवार राति पनि बाग्मतीका हिमाली, पहाडी र तराई भेगका अधिकांस स्थानमा मध्यम वर्षा हुनसक्ने महाशाखाको पूर्वानुमान छ।
आगामी चौबीस घण्टा गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भेगका साथै लुम्बिनी र कोशी प्रदेशको तराईका भेगका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति भने लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ



