बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

राज्यव्यवस्था तथा सुशासन समितिमा न्यौपाने निर्वाचित

राज्यव्यवस्था तथा सुशासन समितिमा न्यौपाने निर्वाचित

images
२०८२ भाद्र ११ गते, बुधवार
२०८२ भाद्र ११ गते, बुधवार
  • काठमाडौं। प्रतिनिधि सभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा नेपाली कांग्रेसकी सांसद ईश्वरी देवीे न्यौपाने निर्विरोध निर्वाचित भएकी छिन्।

    images

    बुधवार बसेको समितिको ८४ औँ बैठकले न्यौपानेलाई सर्वसम्मतले सभापतिमा निर्वाचित गरेको हाे। २७ सदस्यीय समितिमा अन्य दलहरुबाट सभापतिका लागि उम्मेद्वारी नपरेपछि ठूला दलले समेत उनलाई समर्थन गरेका थिए।

    images

    यसअघिका सभापति रामहरी खतिवडाले गएको साउन २७ गते राजिनामा दिएपछि समितिमा ऊक्त पद रिक्त थियो।

    खतिवडामाथि निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा त्रुटी देखिएपछि उनीमाथि प्रश्न उठाइएको थियो।

    विधेयकको व्यवस्थामा देखिएको त्रुटीबारे आफ्नो कुनै हात नरहेपनि छानवीन प्रतिवेदनमा जिम्मेवार भन्ने शब्द प्रयोग भएको हुँदा सभापतिको जिम्मेवारी बोध गर्दै खतिवडाले राजिनामा दिएको बताएका थिए ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend