बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

`असोजमै इम्बोस्ड नहाल्दा पनि जरिवाना हुँदैन, आफ्नो अनुकुल समयमा जडान गर्नु´

`असोजमै इम्बोस्ड नहाल्दा पनि जरिवाना हुँदैन, आफ्नो अनुकुल समयमा जडान गर्नु´

images
२०८२ भाद्र ११ गते, बुधवार
२०८२ भाद्र ११ गते, बुधवार
  • काठमाडौं। आगामी असोज १ गतेदेखि सबैखाले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेटजडान गर्नुपर्ने निर्णयको चौतर्फी विरोध भएपछि यातायात व्यवस्था विभागले यसबारे थपस्पष्ट पारेको छ।

    images

    विभागले मंगलार प्रेस विज्ञप्ति जारी गरी सो मितिदेखि इम्बोस्ड जडान नगरे पनि कारवाही वा जरिवाना नहुने जनाएको हो। 

    images

    “असोज १ गतेदेखि जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारहीमा परिने भन्ने भ्रम समेत उत्पन्न भएकाले तत्काललाई कुनैकिसिमको दण्ड जरिवाना नगरिने व्यहोरा स्पष्ट पारिन्छ”, विज्ञप्तिमा भनिएको छ।

    आफूलाई अनुकुल भएको समयमा संवत्: स्फुर्त ढंगले इम्बोस्ड नम्बर प्लेटजडान गर्न पनि विभागले अनुरोध गरेको छ।

    नम्बरप्लेटमा अंग्रेजी लिपी नै रहने र डाटा समेत नेपाल भित्रकै प्रणालीमा सुरक्षितरहने विज्ञप्तिमा स्पष्ट पारिएको छ।

    हाललाई २५ लाख सावरी साधनमा इम्बोस्ड नम्बर प्लेटजडान गर्ने विभागको योजना छ। यसअघि विभागको गएको साउन २० गतेको बैठकले सबै प्रदेशका सवारी दर्ता, नामसारी तथा नवीकरण गर्दा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेको थियो।

    जबरजस्ती निर्णय लादिएको भन्दै यातायत व्यवसायी र आम नागरिकले समेत सो निर्णयको विरोध गर्दै आएका छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend