बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

कहाँकहाँ थपिदै छ २३ इलाका प्रशासन कार्यालय?

कहाँकहाँ थपिदै छ २३ इलाका प्रशासन कार्यालय?

images
२०८२ भाद्र ११ गते, बुधवार
२०८२ भाद्र ११ गते, बुधवार
  • काठमाडौं। सरकारले सेवा प्रवाहमा सहजता ल्याउन भन्दै २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्दैछ।

    images

    साेमबार बसेकाे मन्त्रिपरिषद बैठकले २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना सम्बन्धि प्रस्ताव मन्त्रिपरिषदकाे प्रशासन समितिमा पठाइसकेको छ।

    images

    यस्तै प्रशासन समितिले सो सम्बन्धि तयारीका लागि आवश्यक छलफल गरि कार्यान्वयन अगाडि बढाउने छ।

    गृह मन्त्रालय मातहतका जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट हुने सेवा प्रवाहलाई थप सहज र सरल बनाउनका लागि एकै पटक ठूलाे संख्यामा इलाका प्रशासन कार्यालय स्थापना गर्न लागिएकाे हाे।

    सेवा प्रवाह गर्नुपर्ने क्षेत्रकाे जनसंख्या, भाैगाेलिक सुगमता र पहुँचबिच देखिएकाे असमानतालाई समाधान गर्न २३ जिल्लामा इलाका प्रशासन स्थापना गर्न लागिएको गर्न लागिएको मन्त्रालयले जनाएको छ।

    सेवा प्रवाह गर्नुपर्ने क्षेत्रकाे जनसंख्या, भाैगाेलिक सुगमता र पहुँचबिच असमानता देखिएका ठाउँमा आगामी दिनमा पनि थप इलाका प्रशासन कार्यालय स्थापना गर्ने गृह मन्त्रालयकाे याेजना छ।

    यी हुन इलाका प्रशासन कार्यालय थप हुने जिल्ला र ठाउँ

    १. इलाका प्रशासन कार्यालय सिरिजंगा–ताप्लेजुङ्ग
    २.इलाका प्रशासन कार्यालय हलेसी–खोटाङ्ग
    ३.इलाका प्रशासन कार्यालय घोराखोरी–ओखलढुंगा
    ४. इलाका प्रशासन कार्यालय सुखिपुर–सिरहा
    ५. इलाका प्रशासन कार्यालय धनुषाधाम–धनुषा
    ६. इलाका प्रशासन कार्यालय वलरा–सर्लाही
    ७.इलाका प्रशासन कार्यालय पोखरिया–पर्सा
    ८. इलाका प्रशासन कार्यालय दुधौली–सिन्धुली
    ९. इलाका प्रशासन कार्यालय टोखा–काठमाडौं
    १०.इलाका प्रशासन कार्यालय धो–डोल्पा
    ११. इलाका प्रशासन कार्यालय खत्याड–मुगु
    १२. इलाका प्रशासन कार्यालय रास्कोट–कालिकोट
    १३. इलाका प्रशासन कार्यालय कोल्टी–बाजुरा
    १४. इलाका प्रशासन कार्यालय देउरा–बझाङ्ग
    १५. इलाका प्रशासन कार्यालय साफेबगर–अछाम
    १६. इलाका प्रशासन कार्यालय विपिनगर–डोटी
    १७. इलाका प्रशासन कार्यालय गोकुलेश्वर–दार्चुला
    १८. इलाका प्रशासन कार्यालय मेलौली–बैतडी
    १९. इलाका प्रशासन कार्यालय हेदङ्गवा–संखुवासभा
    २०. इलाका प्रशासन कार्यालय गैडहवा–रुपन्देही
    २१. इलाका प्रशासन कार्यालय भिमाद–तनहुँ
    २२. इलाका प्रशासन कार्यालय सितगंगा–अर्घाखाँची
    २३. इलाका प्रशासन कार्यालय  खैरहनी–चितवन

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend