बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

उखु किसानलाई अनुदान रकम निकासा, कहिले पुग्छ किसानको खातामा?

उखु किसानलाई अनुदान रकम निकासा, कहिले पुग्छ किसानको खातामा?

images
२०८२ भाद्र १० गते, मंगलवार
२०८२ भाद्र १० गते, मंगलवार
  • काठमाण्डौं। सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदान वापतको रकम निकासा गरेको छ।

    images

    अर्थ मन्त्रालयले यस वापत ७५ करोड ४९ लाख ३८ हजार २४० रुपैयाँ मंगलबार निकासा गरेको हो। निकासा गरिएको रकम जिल्ला स्थित कोष तथा लेखा नियन्त्रकको कार्यलयमार्फत किसानको बैंक खातामार्फत भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

    images

    मन्त्री परिषदको बैठकले यस पटक उखु किसानलाई प्रति क्विन्टल ३५ रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरे पनि प्राविधिक कारण जनाउँदै अर्थ मन्त्रालयले निकासा गर्न ढिलाई गरेको थियो।

    यो रकम प्राप्त हुन नसक्दा उखु किसानले काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन। यस अघि उखु किसानहरुले प्रति क्विन्टल ७० रुपैयाँ प्रोत्साहन स्वरुप पाउँदै आएका थिए।

    कृषि मन्त्रालयले उखु किसानलाई यतिनै रकम उपलब्ध गराउन  मन्त्रीपरिषदमा प्रस्ताव लगेको भएपनि मुलुकको आर्थिक अवस्था, आवश्यकताका आधारमा ३५ रुपैयाँ उपलब्ध गराउने निर्णय भएको थियो।

    यसै बीच काठमाडौैंमा जम्मा भएका उखु किसान र कृषि मन्त्रालयका प्रतिनिधि बीच सिहंदरवार स्थित मन्त्रालयमा वार्ता भएको छ।

    वार्तामा मन्त्रालयका तर्फवाट कृषि विभागका उपमहानिर्देशक ललन कुमार सिंह , मन्त्रालयका उपसचिव लालकुमार श्रेष्ठ र मणिरत्न अर्याल र उद्योग मन्त्रालयका प्रतिनिधि सहभागी छन् भने उखु किसानका तर्फवाट श्यामवावु राय लगायत सहभागी छन्। 

    यस अघि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आजै उपमहानिर्देशक सिंहको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन गरेका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend