बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भिड

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भिड

images
२०८२ भाद्र १० गते, मंगलवार
२०८२ भाद्र १० गते, मंगलवार
  • काठमाडौं। हरितालिका (तीज)का अवसरमा मंगलबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भिड लागेको छ।

    images

    तीजलाई हिन्दु नारीहरुले ठूलो पर्वका रुपमा मनाउने गर्दछन्। आराध्यदेव श्रीपशुपतिनाथमा दर्शनार्थीलाई सहज रुपमा दर्शन गर्ने प्रबन्ध पशुपति क्षेत्र विकास कोषले मिलाएको छ।

    images

    यसका लागि  पशुपतिनाथ मन्दिरका चार ढोका बिहान तीन बजेदेखि नै खुला गरिएको कोषका निमित्त सदस्यसचिव सुभासचन्द्र जोशीले जानकारी दिए।

    पशुपतिमा भिड हुने भएकाले केही भक्तजन भने बिहान तीन बजेअघि नै पशुपति क्षेत्र पुगेर दर्शनका लागि लाममा बसिसकेका थिए। 

    पशुपतिमा अहिलेसम्म लाममा बसेको १५ देखि २० मिनेटमा दर्शन गरेर फर्कन सकिने अवस्था रहेको निमित्त सदस्यसचिव जोशीले जानकारी दिए। पशुपति क्षेत्रमा आज करिब तीन हजार सुरक्षाकर्मी मेला व्यवस्थापनका लागि खटाइएको छ।

    पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्ने लामको व्यवस्था गरिएको छ। श्रीपशुपतिनाथको मन्दिरमा गरिने श्रीयन्त्र पूजाको समयमा समेत जाली राखी बाहिरबाटै दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ।

    कोषका सूचना अधिकारी अनिता भट्टले मूल मन्दिर प्रवेश गरेर मूल मूर्तिअघि पुगेपछि दर्शन गरेर भक्तजन बाहिरिने गरी व्यवस्थापन मिलाइएको जानकारी दिइन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend