बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

‘पोर्टेबल स्टुडियो’ को आभास गराउने `भिभो भि६०´, पोट्ररेट फोटोग्राफीमा नयाँ अध्याय कहिलेबाट?

‘पोर्टेबल स्टुडियो’ को आभास गराउने `भिभो भि६०´, पोट्ररेट फोटोग्राफीमा नयाँ अध्याय कहिलेबाट?

images
२०८२ भाद्र ८ गते, आइतवार
२०८२ भाद्र ८ गते, आइतवार
  • काठमाडौं। विश्वस्तरीय अग्रणी स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो प्रतिष्ठित भि सिरिज अन्तर्गत नयाँ फ्ल्यागशिप भिभो भि६० नेपालमा ल्याउने तयारी गरेको छ।

    images

    भिभो भि६० कहिलेबाट नेपालमा उपलब्ध हुनेछ भन्ने बारे आधिकारिक विवरण अझै सार्वजनिक गरिएको छैन। तर यसका प्रयोगकर्ताले पाउने सुविधाको भने केही खुलासा भएको छ।

    images

    प्रारम्भिक सूचनाका अनुसार सो मोडेललाई जाइस् सँगको सहकार्यमा विकसित गरिएको हुनसक्ने अनुमान गरिन्छ। यस सहकार्यमार्फत, भिभो भि६० ले अझ अभिव्यक्तिपूर्ण क्यामेरा अनुभव दिने सम्भावना देखिन्छ। जसले पोट्र्रेट फोटोग्राफीलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

    नयाँ जाइस् प्रविधियुक्त टेलिफोटो पोट्र्रेट फिचर सहित भि६० ले विभिन्न फोकल लेन्थमार्फत प्रयोगकर्ताको भावनालाई अझ सटीक र कलात्मक ढंगले फ्रेम गर्ने सुविधा उपलब्ध गराउँछ। साथै, अत्याधुनिक एआई क्षमताले अनावश्यक वस्तु हटाउने, पृष्ठभूमि बदल्ने वा गुणस्तरलाई छिट्टै परिष्कृत गर्ने सम्भावना रहन्छ।

    यसले भि६० लाई केवल क्यामेरा मात्र नभई प्रयोगकर्ताको लागि ‘पोर्टेबल स्टुडियो’को रूपमा बुझिन सक्ने अनुमान गरिएकि छ।

    डिजाइनका हिसाबले भिभो भि६० मा मिनिमलिस्टिक क्यामेरा मोड्युल प्रयोग हुने सम्भावनाको चर्चा छ। जसले पछाडिको भागमा करिब ९% भन्दा कम क्षेत्रफल ओगट्ने बताइन्छ। यसले आधुनिक र प्रिमियम लुक्स दिने छ।

    दुई कलरमा उपलब्ध हुने अपेक्षा 

    यो स्मार्टफोन मिस्ट ग्रे र बेरी पर्पल गरी दुई आकर्षक रंगमा उपलब्ध हुने अपेक्षा गरिएको छ। जसले शैलीसँगै प्रयोगकर्ताको व्यक्तित्वलाई पनि अभिव्यक्त गर्नेछ ।

    सुदृढताका दृष्टिले भिभो भि६० मा आई पी ६८/६९ रेटिङ रहने बताइन्छ। सो रेटिङ हुँदा धुलो र पानी प्रतिरोधी बनाउँछ। दैनिक प्रयोगमा खस्ने वा ठोक्किने सम्भावनालाई न्यून पार्ने गरी डिस्प्ले अझ मजबुत हुने विश्वास गरिएको छ।

    भि सिरिजकै सबैभन्दा ठूलो ब्याट्री?

    शक्तिको हिसाबले पनि भि६० मा भि सिरिजकै सबैभन्दा ठूलो ब्याट्री प्रयोग हुने अनुमान छ। जसले प्रयोगकर्तालाई लामो समयसम्म निर्बाध अनुभव दिनेछ।

    यससँगै, फ्ल्यास चार्ज प्रविधिले छोटो समयमा चार्ज गर्ने सुविधा दिने र नयाँ जेनेरेसनको क्वालकम स्न्यापड्रैगन ७ जेन ४ प्रोसेसरले स्मूद गेमप्ले, स्मार्ट एफिसियन्सी र उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

    जीवनका कथाको प्रस्तुति झनै उत्कृष्ट 

    आधिकारिक अनावरण नजिकिँदै गर्दा, भिभो भि६० लाई केवल प्राविधिक क्षमता वा डिजाइनका लागि मात्र नभई जीवनका कथाहरूलाई अझ सुन्दर ढंगले क्याप्चर र अभिव्यक्त गर्नका लागि सिर्जना गरिएको स्मार्टफोनको रूपमा प्रस्तुत गरिँदैछ।

    अत्याधुनिक पोट्र्रेट इमेजिङ, सुन्दर डिजाइन, दीर्घकालीन प्रविधि र उच्च प्रदर्शनसहित, भि६० ले प्रयोगकर्तालाई नयाँ स्तरको स्मार्टफोनको अनुभव दिने अपेक्षा कम्पनीको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend