काठमाडौं। शनिवार देशका अधिकांस स्थानमा मनसुन गतिविधी बढ्ने देखिएको छ। बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव देखिएकाले यस्तो हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका आुनसार शनिवार दिउँसो बाग्मती, कर्णाली र सुदूरपशिचम क्षेत्रका केही पहाडी भेगमा भारी वर्षाको सम्भावना छ। लुम्बीनी प्रदशेका तराई क्षेत्रमा पनि भारी वर्षा हुनसक्ने महाशाखाको पूर्वानुमान छ।
बर्षाका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महााखाले अनुरोध गरेको छ। अन्य प्रदेशमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै शनिवार राति गण्डकीका पहाडी तथा लुम्बीनी र सुदूरपश्चिमका तराई भेगमा भारी वर्षाको सम्भावना देखिएको छ। शनिवार दिउँसो र राति सबै प्रदेशका अधिकांस स्थानमा मध्यम वर्षाको सम्भावना भने रहेको महाखाले जनाएको छ।



