बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

त्रिवीका रेक्टर र रजिस्ट्रारलाई पनि पीएसओ

त्रिवीका रेक्टर र रजिस्ट्रारलाई पनि पीएसओ

images
२०८२ भाद्र ५ गते, बिहिवार
२०८२ भाद्र ५ गते, बिहिवार
  • काठमाडौं। सरकारले त्रिभुवन विश्वविद्यालयका रेक्टर र रजिस्ट्रारको सुरक्षाका लागि पीएसओ खटाएको छ।

    images

    रेक्टर प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालको सुरक्षाका लागि सरकारले पीएसओ खटाएको हो। उनीहरुलाई बुधारदेखि पीएसओ (ब्यक्तिगत सुरक्षा अधिकारी) खटाइएको त्रिवीका एक अधिकारीले जानकारी दिए।

    images

    विद्यार्थी संघ संगठनहरुबाट पटक पटक धम्की आउने र तोडफोडका घटना भइरहेपछि उनीहरुलाई पनि पीएसओको व्यवस्था गरिएको हो।

    सुरक्षाकै कारण कार्यकक्षमा बस्ने वातावरण नभएपछि केही दिनअघि मात्रै उपकुलपति डा. दीपक अर्याललाई सरकारले पीएसओ पठाएको थियो।

    मुख्य अधिारीहरुलाई सुरक्षा थ्रेट बढेको भन्दै गत एक वर्ष अघिदेखि नै त्रिवी सुरक्षा अधिकारीले पीएसओको माग राख्दै आएका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend