बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

विपिन फर्किने आशा र सहानुभूति लिएर आमा र बहिनी नेपाल फर्कँदै

विपिन फर्किने आशा र सहानुभूति लिएर आमा र बहिनी नेपाल फर्कँदै

images
२०८२ भाद्र ५ गते, बिहिवार
२०८२ भाद्र ५ गते, बिहिवार
  • काठमाडौं। हमासद्वारा बन्धक बनाएका नेपाली युवा विपिन जोशीको खोजिमा इजरायल पुगेका उनकी आमा र बहिनी आज स्वदेश फर्किंदै छन्।

    images

    विपिन फिर्ता ल्याउनका लागि पहल गर्न कन्चनपुरका विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी गत साउन २६ गते इजरायल सरकारको सहयोगमा त्यसतर्फ पुगेका थिए। इजरायल रहँदा उच्चस्तरीय भेटघाट गर्दै विपिनको रिहाईका लागि पहल गरिदिन उनीहरूले विश्व समुदायसँग आग्रह गरेका थिए।

    images

    उनीहरूले ईजरायलमा रहँदा त्यहा स्थित नेपालीहरू, ईजरायलीहरू, राष्ट्रपति, प्रधानमन्त्री, संसदका सभामूख, अमेरिकाका शक्तिशाली राजदूतसँग भेट गरी विपिनको रिहाईका लागि आग्रह गरेका थिए।

    भेटघाटका क्रममा उनीहरूले विपिनलाई फिर्ता गराउन कुनै कसर बाँकी नराख्ने आश्वासन, सहानुभूति र माया पाएका छन्। उनीहरु विपिन सकुशल फर्कने आसमा इजरायलबाट सहानुभूति लिएर स्वदेश फर्कन लागेका हुन्।

    विपिनकी आमा र बहिनीको यो भ्रमणलाई ईजरायली मिडियाहरूले महत्व दिदै समाचार र अन्तर्वार्ता पनि प्रकाशित प्रशारित गरेका थिए।

    विपिन ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए। उनी २०८० असोज २० गतेदेखि परिवारको सम्पर्कमा छैनन्। उनको अवस्था सार्वजनिक गरिनु पर्ने अन्तर्राष्ट्रिय स्तरमा नै माग हुँदै आइरहेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend