काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको शरीरमा भिटामिन `डी´ को कमी देखिएको छ।
गत शनिबार रुपन्देही जिल्ला कारागारबाट ललितपुर स्थित नख्खु कारागार स्थानान्तरण गरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार चिकित्सकले परीक्षण गरेका थिए। सो क्रममा उनको लगतको नमूना लिइएको थियो।
सोमबार कारागार प्रसासनले ट्रमा सेन्टरका चिकित्सकलाई कारागार बोलाएर लामिछानेको रगतको नमूना लिएकोमा भिटामिन डी को कमी देखिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका हुन्।
“डा. जितेन्द्र प्रसाद यादवले दिनुभएको जानकारीअनुसार सभापति ज्युको शरीरमा भिटामिन डी को कमी देखिएको छ,” झाले भने,“ धेरै दिनसम्म शरीरले घाम नपाएको कारण यस्तो भएको भन्ने राय डाक्टरको छ।” झाले भने।



