बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

नर्भिकले ल्यायो बुबाको मुख हेर्ने दिन र तीजलक्षित हेल्थ प्याकेज

नर्भिकले ल्यायो बुबाको मुख हेर्ने दिन र तीजलक्षित हेल्थ प्याकेज

images
२०८२ भाद्र १ गते, आइतवार
२०८२ भाद्र १ गते, आइतवार
  • काठमाडौ। नर्भिक इन्टरनेशनल अस्पतालले बुबाको मुख हेर्ने दिन तथा तीज पर्वका अवसरमा विशेष हेल्थ प्याकेज घोषणा गरेको छ।

    images

    अस्पतालले बुबाको मुख हेर्ने दिनलाई लक्षित गर्दै विभिन्न परीक्षणमा ३५ प्रतिशत छुटसहितको ‘फादर्स प्याकेज’ सार्वजनिक गरेको हो।

    images

    सो प्याकेजअन्तर्गत इएसआर, इसीजी, युरिक एसिड, लिपिड प्रोफाइल, सीबीसी, टोटल पीएसए, आरएफटी, एलएफटी, युरिन रुटिन, युएसजी एब्डोमिन एण्ड पेल्भिस, इको स्क्रीनिङ तथा चिकित्सक परामर्श रहेको छ। प्याकेजका लागि १५ हजार रुपैयाँ शुल्क रहेकोमा छुटपछि १० हजार रुपैयाँ कायम गरिएको छ।

    यस्तै, अस्पतालले 'तीज प्याकेज विथ युएसजी ब्रेस्ट' र ‘बेसिक तीज प्योकज’ पनि सार्वजनिक गरेको छ।

    'बेसिक तीज प्याकेज' मा सुगर ऱ्यान्डम, युरिक एसिड, लिपिड प्रोफाइल, युरिया, युएसजी एब्डोमिन एण्ड पेल्भिस, क्रियटिनिन, सीबीसी, छातीको एक्स–रे, इसीजी, युरिन रुटिन र चिकित्सक परामर्श दिइन छ।

    यो प्याकेजको शुल्क ७ हजार ५ सय रुपैयाँ रहेकोमा छुटपछि ६ हजार कायम गरिएको छ। 'तीज प्याकेज विथ युएसजी ब्रेस्ट' ९ हजार ६ सय रहेकोमा छुटपछि ७ हजार ५ सय रुपियाँ कायम गरिएको छ।

    भदौ १ गते सुरु भएका हेल्थ प्याकेजहरु भदौ १५ सम्म सञ्चालन हुनेछन्।  छुटसहितको हेल्थ प्याकेज सेवा लिनका लागि ०१–५९७००३२ मा सम्पर्क गर्न अस्पतालले आग्रह गरेको छ।

    अस्पतालले विभिन्न चाडपर्वका अवसरमा स्वास्थ्य परीक्षण तथा परामर्श शुल्कहरुमा छुट प्रदान गर्दै आएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend