बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

एकवर्षमा हरायो ५० करोड भन्दा बढीको मोबाइल, कति भेटियो?

एकवर्षमा हरायो ५० करोड भन्दा बढीको मोबाइल, कति भेटियो?

images
२०८२ श्रावण ३१ गते, शनिवार
२०८२ श्रावण ३१ गते, शनिवार
  • काठमाडौं। काठमाडौंबाट एक वर्षमा ५० करोड भन्दा धेरै मूल्य बराबरको मोबाइल हराएको प्रहरीले जनाएको छ।

    images

    आर्थिक वर्ष २०८१/०८२ मा काठमाडौंका विभिन्न स्थानबाट ५० करोड भन्दा बढी मूल्य पर्ने मोबाईल हराएको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको हो। हराएका तथा चोरी भएका मोबाईल सबैभन्दा धेरै सामसुङ कम्पनीका छन। त्यसपछि आइफोन छ।

    images

    २०८१ साउनपछि २०८२ असार मसान्तसम्ममा ५० करोड ६५ लाखको मोबाइल हराएको र चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौं बताउँछ।

    परिसरका एसपी अपिलराज बोहराले हराएका फोन खोजिका लागि परेको निवेदनका आधारमा फोनको खोजी हुने गरेको जानकारी दिए। 

    यो अवधिमा हराएका मध्ये २६ प्रतिशत मोबाइल भेटिएको उनी बताउँछन्। तथ्यांक अनुसार १३ करोड ३२ लाख मूल्य बराबरको मोबाइल भेटिएको हो।

    यो अवधिमा २ हजार ३९१ थान आइफोन हराएको र चोरी भएको थियो। सामसङ २४ सय ७२ थान, रेडमी ३ हजार ४६६ थान र भिभो ८९७ थान हराएको थियो।

    आफ्ना हराएका तथा चोरी भएका मोबाइल खोजिदिन आग्रह गर्दै १४ हजार ८०९ जनाले भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा निवेदन दिएका थिए। तीमध्ये ४ हजार १६८ वटा मोबाइल फेला परेको हो।

    प्रहरीले मोबाइल हराएको जानकारी पाएपछि नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस (एमडीएमएस) प्रणालीमार्फत खोजी गर्ने गरेको छ। 

    चोरीमा संलग्नहरूले चोरीपछि मोबाइल तथा मोबाईलका पार्टपुर्जाहरु बेच्ने गरेको प्रहरी अनुसन्धानबाट देखिने गरेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend