काठमाडौं। देशका केही भुभागमा शनिबार विहानैबाट पानी परिरहेको छ। तर मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुनको अवस्था कमजोर छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपशचिम प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रहने छ। बाँकी भू–भागमा भने आंशिक बदली रहने विभागले जनाएको छ।
लुम्बिनी र सुदूर पश्चिम प्रदेशको पहाडी तथा तराई भू–भागलगायत बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति कोशी र सुदूरपश्चिम प्रदेशलागायत बाँकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ।
यस्तै कोशी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू–भाग लगायत बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।



