बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

बढ्यो पेट्रोलको मुल्य

बढ्यो पेट्रोलको मुल्य

images
२०८२ श्रावण ३१ गते, शनिवार
२०८२ श्रावण ३१ गते, शनिवार
  • काठमाडौं। नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। निगमले आजदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँल बढाएको हो। 

    images

    निगमले डिजेल र मट्टीतेलको मूल्य भने प्रतिलिटर १ रुपैयाँ घटाएको छ। ईन्डियन आयल कर्पोरेसनबाट प्राप्त पत्र अनुसार नयाँ खरिद मुल्यमा पेट्रोल बढेर र डिजेल र मट्टीतेल घटेर आएकाले निगम संचालक समितिको निणयबाट नयाँ सूची जारी गरेको निगमले प्रकाशन गरेको बिज्ञप्तिमा उल्लेख छ।

    images

    निगमका अनुसार अब पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६० रुपैयाँ र तेस्रो वर्गका लागि १६१ रुपैयाँ पर्छ।

    यस्तै, डिजेल तथा मट्टीतेलको मूल्य पहिलो वर्गका लागि १४६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४८ रुपैयाँ र तेस्रो वर्गका लागि १४९ रुपैयाँ निर्धारण गरिएको नेपाल आयल निगमले जनाएको छ।

    निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ।
     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend