बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

मनसुन पश्चिम नेपालतर्फ बढी सक्रिय, आज कता कस्तो छ मौसम?

मनसुन पश्चिम नेपालतर्फ बढी सक्रिय, आज कता कस्तो छ मौसम?

images
२०८२ श्रावण २९ गते, बिहिवार
२०८२ श्रावण २९ गते, बिहिवार
  • काठमाडौं। आज बुधवारभन्दा कम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा तराई आसपास र पूर्वमा तराइभन्दा केही दक्षिणतिर रहेकोले मनसुन पश्चिम नेपालतर्फ बढी सक्रिय रहने महाशाखाले जनाएको छ।  

    images

    महाशाखाका अनुसार बिहीवार दिउँसो लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी तथा देशका तराई भेगका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका भेगका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना पनि छ।

    images

    यस्तै बिहीवार राति गण्डकी प्रदेशका पहाडी तथा तराई साथै मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भेगका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ।

    गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको तराई, सुदूरपश्चिम प्रदेशको तराई र कर्णाली प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा दिउँसो भने भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहाव हुनसक्ने सम्भावना छ।

    साथै शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने सम्भावना छ।

    यस्तै दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन र पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूसँग महाशाखाले अनुरोध गरेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend