बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

इजरायलमा के गर्दैछन् विपिनकी आमा र बहिनी?

इजरायलमा के गर्दैछन् विपिनकी आमा र बहिनी?

images
२०८२ श्रावण २९ गते, बिहिवार
२०८२ श्रावण २९ गते, बिहिवार
  • काठमाडौं। हमासद्वारा गाजामा बन्धक बनाइएका विपिन जोशीको खोजिका लागि उनका आमा र बहिनी इजरायलमा छन्। 

    images

    कन्चनपुरका विपिन जोशीकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी गत साउन २६ गते इजरायल सरकारको सहयोगमा त्यसतर्फ पुगेका हुन्। 

    images

    बुधबार इजरायलको किबुत्ज आलुमिममा विपिनकी आमा पद्मा र बहिनी पुष्पाले विपिनका साथीहरूसँग भेटघाट गरे। भेटपछी विपिनका साथीहरूले उनी अन्तिम पटक सोही स्थानमा बसेको र त्यहि स्थानबाट हामासले उनलाई बेपत्ता पारेको जानकारी उनकी आमा र बहिनीलाई गराए।

    विपिनकी आमा र बहिनीले इजरायलबाटै विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय जगतसँग सहयोगको अपिल पनि गरेका छन्। उनीहरूले विपिनको अपहरण गर्ने हमाससँग समेत सकुशल रिहाइ गरिदिन आग्रह गरेका छन्।

    पुष्पाले ट्रान्जिटका क्रममासमेत युएईको विमानस्थलबाटै आफ्ना दाईको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा सहयोगको अपिल गरेकी थिइन।

    नेपालस्थित इजरायली दूतावास मार्फत इजरायल पुगेका विपिनका आमा र बहिनीले संयुक्त राष्ट्रसंघसम्म पुगेर विपिनको रिहाइका लागि अपिल गर्ने र अमेरिकी राष्ट्रपतिसँग समेत भेट्ने बताइएको छ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै फ्लाई दुबईको विमान मार्फत उनीहरू युएई हुँदै इजरायल प्रस्थान गरेका थिए।

    नेपालका लागि इजरायली राजदूत शमुलिक यारी बासले विपिनकी आमा र बहिनीलाई विमानस्थलमा बिदाइ गरेका  थिए।

    विपिन ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए। उनी २०८० असोज २० गतेदेखि परिवारको सम्पर्कमा छैनन्। उनको अवस्था सार्वजनिक गरिनु पर्ने माग सहित अन्तर्राष्ट्रिय स्तरमा नै माग हुँदै आइरहेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend