बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

बाढी तथा पहिरोले देशका मुख्य ८ वटा सडक पूर्ण अवरुद्ध

बाढी तथा पहिरोले देशका मुख्य ८ वटा सडक पूर्ण अवरुद्ध

images
२०८२ श्रावण २८ गते, बुधवार
२०८२ श्रावण २८ गते, बुधवार
  • काठमाडौँ। बाढी तथा पहिरोले देशका मुख्य ८ वटा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

    images

    सडक विभागका अनुसार बाढी र पहिरोका कारण देशका मुख्य ८ सडक पुर्णतः अवरुद्ध भएका हुन्। यस्तै १३९ स्थानमा सडक एकतर्फी चालू रहेको सडक विभागले जनाएको छ।

    images

    विभागका अनुसार स्याफ्रुबेसीं रसुवागढी सडक चीनतर्फबाट आएको बाढीले क्षति पुग्दा दुई सातादेखि पूर्ण अवरुद्ध छ। गत असार २४ गते भोटेकोसीमा आएको बाढीले सो सडकमा क्षति पुर्याएको थियो।

    बाढीले क्षति गरेको १३ दिनमा सडक सञ्चालनमा आए पनि रसुवागढी नाका हुँदै चीनसँग सडक सम्बन्ध जोडिन सकेको छैन।

    यस्तै कोसी करिडोर अन्तर्गत संखुवासभाको बरुण नदीमा असार २९ गते आएको बाढीले डाइभर्सन बगाउँदा एक महिनादेखि सडक पूर्ण रूपमा अवरुद्ध छ। सो नदीमा डाइभर्सन बनाइने बताइएको छ।

    यसैगरी तमोर करिडोरमा पर्ने ताप्लेजुङको फक्ताङलुङ–५ र ६ जोड्ने रानीपुल बेलीब्रिजमा बाढीले क्षति गर्दा चतरा–मुलघाट अमरापुरडाँडा–गणेश चोक सडक पूर्ण रूपमा अवरुद्ध छ।

    त्यस्तै सिन्धुपाल्चोकको कोदारीमा साउन १८ गते गएको पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। भेरी करिडोरअन्तर्गत पश्चिम रुकुमको चौखा रिजगाड, उसुम खोला र छलगाडमा लेदोसहित आएको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध छ।

    पुष्पलाल मध्यपहाडी राजमार्ग अन्तर्गत खोटाङको पंखु खोलामा आएको बाढीले क्षति गर्दा सडक पूर्णरुपमा अवरुद्ध छ भने बागलुङको तानसेन रिडी कोरला सडक अन्तर्गत कालीखोलामा ठुला चट्टानसहित आएको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध बनेको छ। सो स्थानमा पहिरो पन्छाउने कार्य भइरहेको विभागले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend