बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

दैलेखमा पुष्टि भएको ग्यासको उत्खनन गर्न आयल निगमलाई दिन माग

दैलेखमा पुष्टि भएको ग्यासको उत्खनन गर्न आयल निगमलाई दिन माग

images
२०८२ श्रावण २८ गते, बुधवार
२०८२ श्रावण २८ गते, बुधवार
  • काठमाडौँ। नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनले दैलेखमा पुष्टि भएको प्राकृतिक मिथेन ग्यासको उत्खनन, उत्पादन र बजारीकरणको जिम्मा नेपाल आयल निगमलाई दिन माग गरेको छ।

    images

    युनियनले मंगलबार निगमका कार्यकारी निर्देशकलाई एक पत्र बुझाउँदै सो राष्ट्रिय गौरवको परियोजनाको नेतृत्व निगमलाई दिन आग्रह गरेको हो। चाइना जिओलोजिकल सर्वेले दैलेखको पेट्रोलियम अन्वेषण कार्य सम्पन्न गरी प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाई सकेको छ।

    images

    सो अध्ययनबाट दैलेखमा ९९३ अर्ब घनमिटर प्राकृतिक ग्यासको विशाल भण्डार रहेको पुष्टि भएको थियो। यस्तै नेपालको आवश्यकतालाई ५० वर्षसम्म पूरा गर्न सक्ने र अबको एक वर्षसम्ममा उत्पादन गर्न सकिने प्रारम्भिक प्रतिवेदनमा भनिएको छ।

    यस्तो परियोजना देशका लागि ऐतिहासिक अवसर भएको भन्दै यसको व्यावसायिक उत्पादनको अवसर सरकारी स्वामित्वको संस्थालाई दिनुपर्ने युनियनले पत्रमा उल्लेख गरेको छ।

    यो ग्यासको व्यावसायिक उत्पादनले हाल भारतबाट पूर्ण रूपमा आयात भइरहेको एलपी ग्यासलाई प्रतिस्थापन गर्न सक्ने युनियनले पत्रमा भनेको छ। जसले वार्षिक रूपमा देशबाट बाहिरिने अर्बौँ रुपैयाँ जोगिने र देशको बढ्दो व्यापार घाटा न्यूनीकरणमा समेत मद्दत पुग्ने युनियनले जनाएको छ।

    निगमका महासचिव भुपेन्द्र बरालद्वारा हस्ताक्षर गरिएको पत्रमा लागत मूल्यभन्दा सस्तोमा एलपी ग्यास बेच्दा निगमले वार्षिक अर्बौँको घाटा व्यहोरिरहेको भनिएको छ।

    जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि विश्वभर नै जीवाश्म इन्धनको प्रयोग नियन्त्रण गर्ने देखि बन्द गर्ने सम्मका प्रयास भइरहेको सन्दर्भमा युनियनले निगमले आफ्नो व्यवसायलाई विविधीकरण नगरे भविष्यमा चुनौती आउन सक्ने चेतावनीसमेत दिएको छ।

    ‘बदलिँदो विश्व ऊर्जा परिवेशअनुसार आफूलाई परिवर्तन नगरे निगमको सेवा निरन्तरतामा समेत चुनौती देखिन सक्छ। त्यसैले, ग्यास उत्खनन र बजारीकरण निगमको भविष्यका लागि पनि महत्त्वपूर्ण छ।’ युनियनले बुझाएको पत्रमा भनिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend