बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

सातै प्रदेशमा भारी वर्षा र बाढी पहिराेकाे सम्भावना, सतर्कता अपनाउन विभागकाे आग्रह

सातै प्रदेशमा भारी वर्षा र बाढी पहिराेकाे सम्भावना, सतर्कता अपनाउन विभागकाे आग्रह

images
२०८२ श्रावण २८ गते, बुधवार
२०८२ श्रावण २८ गते, बुधवार
  • काठमाडौं। आगामी २४ घण्टा देशका सातवटै प्रदेशमा भारी वर्षाकाे सम्भावना देखिएकाे छ। बुधवार बिहानैदेखि वर्षा सुरु भएको तथा दिउँसो र राति अधिकांस स्थानमा भारी वर्षाकाे सम्भावना रहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images

    महाशाखाद्वारा जारी बुलेटिनमा भनिएकाे छ 'मनसुन सक्रिय रहिरहेकोले मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा भारी वर्षा र एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। कर्णाली प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।'

    images

    यस प्रणालीको प्रभावले विशेष गरी वर्षाको कारण भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहाव को जोखिम रहेको महाशाखाले जनाएको छ।

    मनसुनमा रातीको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन-जीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने महाशाखाको पूर्वानुमान छ।

    त्यसका लागि आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन र देशभर मनसुनको प्रभाव रहिरहेकोले पछिल्लो मौसमी सूचनाको जानकारी लिन महाशाखाले अनुराेध गरेकाे छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend