बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

खटाएका ठाउँमा नजानेको `गैलकट्टी´

खटाएका ठाउँमा नजानेको `गैलकट्टी´

images
२०८२ श्रावण २७ गते, मंगलवार
२०८२ श्रावण २७ गते, मंगलवार
  • काठमाण्डौं। गृह मन्त्रालयले खटाएको ठाउँमा नजाने कर्मचारीको मंगलबार गैलकट्टी गरेको छ। गृहसचिव स्तरको निर्णयबाट एक शाखा अधिकृत र एक जना नायब सुब्बाको गैलकट्टी गरिएको गृह मन्त्रालयले जनाएको छ।

    images

    केही समय यता कर्मचारी खटनपटनमा कडाइ गरिरहेको गृह मन्त्रालयले नायब सुब्बा सुवास पौडेल र शाखा अधिकृत दिनेश सिवाकोटीको गैलकट्टी गरिएको जनाएको छ।

    images

    नायव सुब्बा पौडेलको गृहबाट जिल्ला प्रशासन कार्यालय गुल्मी सरुवा भएको थियो। उनी त्यहाँ नगएर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सरुवा भएर गएका थिए। मन्त्रायलले पौडेललाई ५१ दिन गैलकट्टी गरेर रमाना दिएको मन्त्रालयले जनाएको छ।

    त्यसैगरी मन्त्रालयले इलाका प्रशासन कार्यालय चौरझारी रुकुम पश्चिम खटाएका शाखा अधिकृत दिनेश सिवाकोटीको ६१ दिन गैलकट्टी गरेको छ। सिवाकोटी रुकुमपश्चिम नगएर निर्वाचन आयोगमा सरुवा गराएका थिए।

    “दुवै जना कर्मचारी खटाएका ठाउँमा नगएपछि मन्त्रालयले स्पष्टीकरण समेत सोधेको थियो।” गृह मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख सहसचिव छवि रिजालले भने, “स्पष्टीकरण चित्त नबुझेपछि गैलकट्टी गरिएको हो।”

    त्यसैगरी मन्त्रालयले खटाएको कार्यालयमा हाजिर हुन थप ३५ जना कर्मचारीहरुलाई साउन २८ गते (भोली) सम्मको समय दिएको छ।

    मन्त्रालयले ३५ जना शाखा अधिकृत र एक जना नायव सुब्बा गरी ३५ जनालाई साउन २६ गते तीन दिनको समय दिएर खटाएको कार्यालयमा हाजिर हुन समय दिएको छ।

    “तोकिएको तीन दिन भित्र तोकिएको ठाउँमा नगए निजामती सेवा ऐन-नियम अनुसार कारबाही गरिनेछ।” महाशाखा प्रमुख रिजालले भने।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend