बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

आज कहाँकहाँ पर्दैछ पानी?

आज कहाँकहाँ पर्दैछ पानी?

images
२०८२ श्रावण २६ गते, सोमवार
२०८२ श्रावण २६ गते, सोमवार
  • काठमाडौं। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले सोमबार देशभर साधारणतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images

    महाशाखाका अनुसार देशका पहाडी भू–भागका धेरै स्थानहरूमा र मधेश प्रदेश लगायत देशका बाँकी तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ।

    images

    यसैगरी, कोशी, बागमती, गण्डकीको पहाडी भू–भाग र लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईको भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। आज राति पनि देशभर साधारणतया बदली रहने महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ।

    मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागकाका धेरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी र तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ।

    कोशी प्रदेशको पहाडी भू–भाग तथा मधेश प्रदेश लगायत कोशी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend