बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

काठमाडौंमा पहिचानका लागि ‘प्राइड परेड’

काठमाडौंमा पहिचानका लागि ‘प्राइड परेड’

images
२०८२ श्रावण २५ गते, आइतवार
२०८२ श्रावण २५ गते, आइतवार
  • काठमाडौं। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका ब्यक्तिहरुले अधिकार र पहिचान स्थापित गराउने उद्देश्यले `प्राइड डे´ मनाएका छन्।

    images

    ब्लु डायमन्ड सोसाइटीको अगुवाइमा काठमाडौंको नक्सालस्थित नारायणचौरमा भेला भएका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका ब्यक्तिहरुले आइतबार गाईजात्राका अवसरमा ‘प्राइड परेड’ प्रदर्शन गरेका हुन्।

    images

    कार्यक्रममा समूदायका व्यक्तिहरुले विभिन्न जातजातिका पोशाक र पश्चिमा फेसनमा सजिएर प्राइड परेडमा सहभागिता जनाए।

    सोसाइटीले २०५९ सालदेखि गाईजात्रा उत्सवलाई लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले स्वतःस्फूर्त रूपमा मनाउँदै आएका छन्। 

    आइतबारको प्रदर्शनमा बर्षभरी दिवगंत भएका आफ्ना समूदायका व्यक्तिहरुको स्मृतिमा श्रद्धान्जलीसमेत अर्पण गरिएको थियो।

    सोसाइटीकी निवर्तनमान अध्यक्ष एवम सल्लाहकार पिंकी गुरुङले गाईजात्रालाई आफूहरुले अस्तित्व र स्वतन्त्रताको उत्सवका रुपमा २२ बर्षदेखि मनाउँदै आएको बताइन्।

    ‘गाईजात्रा हाम्रा लागि केवल शोक वा मृत स्मृतिको दिन मात्र होइन। अधिकार, स्वतन्त्रता र अस्तित्व स्थापित गराउने एउटा माध्यम पनि हो। खुल्न नसकेका धेरै साथीहरु गाईजात्रामा आएर खुल्नुहुन्छ। त्यसैले यो लैङ्गिक पहिचान प्रदर्शन गर्ने अवसरपनि हो,’ गुरुङले भनिन्।

    गुरुङका अनुसार यस अवसरमा यस दिनमा नाचगान, हाँसो, व्यङ्ग्य साथै सांस्कृतिक विविधता झल्कने प्रदर्शनी गर्ने गरिएको छ।

    प्राइड परेड यात्रा काठमाडौंका नारायण चौरबाट सुरु भएर दरबारमार्ग, ठमेल, ज्याँठा, ठहिटी हुँदै बसन्तपुरमा पुगेर दिप प्रज्वलन गरी समापन भएको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend