काठमाडौं। नेपालको नम्बर १ अडियो र वेयरेबल ब्रान्ड अल्टिमा लाइफ स्टाइलले रक्षाबन्धनको विशेष अवसर पारेर “Ultima Festive Days” नामक उत्सव क्याम्पेनको घोषणा गरेको छ।
यो क्याम्पेन पारिवारिक माया, दाजु-बहिनीको बन्धनलाई झल्काउने र ग्राहकहरूलाई रमाइलो छुट तथा अफरहरू प्रदान गर्ने उद्देश्यले ल्याइएको अल्टिमाले बताएको छ।
सो क्याम्पेनले ग्लोबल आइएमइ बैंकबाट संचालित विशेष पेमेंट अफरहरूसँग ग्राहकलाई फाइदा दिनेछ। यो अफर अल्टिमाको आधिकारिक पेज तथा आधिकारिक आउटलेटहरू (पुल्चोक, पुतलीसडक, बानेश्वर) र अनलाइन प्लेटफर्म दराजमार्फत उपलब्ध हुनेछ।
क्याम्पेनका मुख्य विशेषताहरू :
१५% क्यासब्याक : Ultima को वेबपेज र स्टोरहरूमा सामान खरिद गर्दा १५% सम्म क्यासब्याक उपलब्ध हुनेछ।
एउटा किन्दा अर्को उपहार अफर : Ultima.com.np र आधिकारिक स्टोरहरूमा विशेष अफर अन्तर्गत एउटा खरीद गरेपछि अर्को उपहारका रुपमा उपलब्ध हुनेछ।
निश्चित समयको फेस्टिभ बन्डल अफर : अल्टिमा वाच फ्लेक्स, बुम ३११ इयरबर्ड्स ३,९९९ (वास्तविक मुल्य ७,९९८) मा उपलब्ध हुनेछ।
अल्टिमा मार्भल + अल्टिमा नोभा प्रो + अल्टिमा टर्बो चार्ज पावरबैंक केवल ८,९९९ (वास्तविक मूल्य १३,३९७) मा प्राप्त हुनेछ।
अल्टिमा बुम २११ + अल्टिमा वाच फ्लेक्स + अल्टिमा बुस्ट २० के पावरबैंक केवल ५,९९९ (असली मूल्य Rs ११,५९७) मा पाइनेछ।
यसैगरी दराज ८.८ अभियानमा अल्टिमा साउण्डबक्स S५० वास्तविक मुल्य ११,९९९ को रु ८ मा तीन जना भाग्यशाली ग्राहकका लागि उपलब्ध हुनेछ। यो अफर अगस्ट ८ का दिन १२ AM मा दराजको अनलाइन प्लेटफर्ममा उपलब्ध हुनेछ।
दराजमा ८.८ क्याम्पेन : अनलाइन प्लेटफर्म दराजको भव्य ८.८ अभियानको दौरान अल्टिमा लाइफस्टाइलका प्रोडक्टहरूमा ८८ प्रतिशत सम्म छुट पाइनेछ। यो अफर सस्तो मूल्यमा गुणस्तरीय सामान किन्न उपयुक्त अवसर हुनेछ।
अल्टिमाले सधैं नवप्रवर्तनशील प्रोडक्टहरू प्रदान गर्दै ग्राहकको मन जित्दै आएको छ। जसले स्मार्टवाच, अडियो गियर, र मोबाइल चार्जिङ समाधान जस्ता उत्पादनहरूमा अफर ल्याएको हो।
अब ग्राहकहरूले आफ्नो रोजाइको अल्टिमाका प्रोडक्टहरू थोरै बजेटमै प्राप्त गर्न सक्नेछन्।



