मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नेपालमा वार्षिक ४० देखि ५० बालबालिकाको आँखामा घातक क्यान्सर ‘रेटिनोब्लास्टोमा‘

नेपालमा वार्षिक ४० देखि ५० बालबालिकाको आँखामा घातक क्यान्सर ‘रेटिनोब्लास्टोमा‘

images
२०८२ श्रावण २३ गते, शुक्रवार
२०८२ श्रावण २३ गते, शुक्रवार
  • काठमाडौं। रेटिनोब्लास्टोमा बालबालिकाको एक वा दुवै आँखाको भित्री भागको पर्दा बाट पलाउने क्यान्सर हो। यो रोग नवजात शिशुदेखि पाँच बर्षसम्मको उमेरमा देखिन्छ।

    images

    बालबालिकामा हुने क्यान्सरमध्ये ५ प्रतिशतमा रेटिनोब्लास्टोमा देखिने गरेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार १५ हजार नवजात शिशुमध्ये एक जनामा यो रोग देखिन सक्छ।

    images

    आँखाको क्यान्सर रोग विशेषज्ञ डा. पूर्णिमा राजकर्णिकारका अनुसार नेपाल लगायत विकासोन्मुख देशहरुमा यो रोगबाट हुने मृत्युुदर ५० प्रतिशत छ। विकसित देशहरुमा भने ५ प्रतिशत छ।

    नेपालमा वर्षमा ४० देखि ५० जना बालबालिकामा रेटिनोब्लास्टोमा हुने अनुमान गरिएको डा. राजकर्णिकार बताउँछिन्।

    यस्ता हुन्छन् रेटिनोब्लास्टोमाका लक्षण

    रेटिनोब्लास्टोमा बंशाणुगत रोग हो। बालबालिकाको आँखाको नानीको कालो भागमा सेतो टिका देखिनु, आँखाको डेढोपन हुनु, आँखा असामान्य रुपमा रातो हुनु र दुख्नु यसका लक्षण हुन्।

    त्यस्तै दृष्टी कम हुँदै जानु, आँखाको आकार ठूलो हुँदै जानु, आकारभन्दा बाहिर जानु पनि यो रोगका लक्षण हुन्।

    यस्तो लक्षण देखिएपनि बालबालिका भने स्वस्थ नै देखिने भएकाले उपचारमा ढिलाई हुने गरेको बाल क्यान्सर रोग विशेषज्ञ डा. आङ लामा बताउँछिन्।

    यस्ता कुनैपनि लक्षण भए अभिभावकले बालबालिकालाई निरन्तर निगरानीमा राख्नु पर्ने तथा समयमा नै आँखारोग विशेषज्ञ समक्ष पुर्‍याउनु पर्ने डा. लामा सुझाउँछिन्।

    यसकारण घातक हुन्छ रेटिनोब्लास्टोमा 

    रेटिनोब्लास्टोमा भएका बालबालिकामध्ये ६० प्रतिशतमा एउटा मात्रै आँखामा असर देखिन्छ भने ४० प्रतिशतमा दुवै आँखामा यो रोग देखिन्छ। दुवै आँखामा यसको असर देखिएमा यसले शरीरका अन्य भागमा पनि क्यान्सर देखिने सम्भावना धेरै हुने डा. राजकर्णिकार बताउँछिन्। 

    उनका अनुसार परिवारका एक बालबालिकामा यो रोग देखिए अन्य सदस्यमा पनि देखिनसक्ने भएकाले समयमै परीक्षण गर्नु आवश्यक हुन्छ। यो रोग अन्य क्यान्सरभन्दा छिटो फैलिने तथा समयमै उपचार नपाएमा आँखा गुमाउनुको साथै बालबालिकाको ज्यान नै जानसक्ने सम्भावना हुन्छ।

    उपचारका लागि कहाँ जाने?

    रेटिनोब्लास्टोमाका कुनैपनि लक्षण देखिए तुरुन्तै आँखारोग विशेषज्ञकहाँ पुर्‍याउनु पहिलो उपचार हो। आँखाको अल्ट्रासाउण्ड सीटी स्क्यान आदी पद्धतीबाट यो रोग पत्ता लगाइन्छ।

    अन्य क्यान्सरमा जस्तै यसमा पनि विभिन्न थेरापी तथा शल्यक्रिया विधीबाट उपचार गरिन्छ। नेपालमा तिलगंगा आँखा अस्पताल, कान्ती बाल अस्पताल तथा टिचिङ अस्पतालबाट रेटिनोब्लास्टोमाको उपचार हुँदै आएको छ। 

    तर अधिकांस बालबालिकालाई ढिलो उपचार ल्याइने र उनीहरु नियमित उपचारमा नआउने हुँदा अझैपनि बचाउन सकिने धेरै बालबालिकाले अकालमा ज्यान गुमाउनु परेको वरिष्ठ क्यान्सर रोग शिेषज्ञ डा. कैलाश साहको अनुभव छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend