बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

पुर्वी नेपालका तीन स्थानमा एनआइसी एशिया लघुवित्तको स्वास्थ्य शिविर

पुर्वी नेपालका तीन स्थानमा एनआइसी एशिया लघुवित्तको स्वास्थ्य शिविर

images
२०८२ श्रावण २२ गते, बिहिवार
२०८२ श्रावण २२ गते, बिहिवार
  • काठमाडौं। एनआइसी एशिया लघुवित्तले पुर्वी नेपालका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।

    images

    एन्जल फाउन्डेसनको प्राविधिक सहयोगमा शाखा कार्यालयहरु बराह क्षेत्रले साउन १६ गते, गौरादहले १७ गते र धरानले साउन २० गते आ–आफ्नो क्षेत्रमा स्वास्थ्य शिविर आयोजना गरेका हुन्।

    images

    बराह क्षेत्रको स्थानिय सिंहदेवि विद्यालयमा सञ्चालित शिविरमा ३२ जनाले स्वास्थ्य जाँच गराएको शाखा कार्यालयले जनाएको छ। सो शिविरमा ११ जनाको थप उपचार गरिएको थियो।

    यस्तै धरानको शिक्षा निकेतन विद्यालयमा ३६ जनाको जाँच तथा १२ जनाको सफल उपचार भएको थियो भने गौरादहको मदन आश्रित स्मृति भवनमा २९ जनाको जाँच तथा ११ जनाको उपचार भएको थियो।

    एकदिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममार्फत स्थानीयलाई पाइल्स, फिसर र फिस्टुलासँग सम्बन्धित जाँच तथा उपचार सेवासहित आवश्यक औषधि प्रदान गरिएको एनआइसी एशिया लघुवित्तले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend