काठमाडौं। नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले प्रहरी नायव उपरीक्षक (डिएसपी) बाट एसपीमा र प्रहरी निरीक्षकबाट डिएसपीमा बढुवा भएका ३५ जना अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन।
प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहबीच महानिरीक्षक थापाले ३५ जना अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
नेपाल सरकार गृहमन्त्रीस्तरको साउन २१ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा ११ जनाको बढुवा भएको थियो।
यस्तै सचिवस्तरको निर्णय अनुसार प्रहरी नायव उपरीक्षक (डिएसपी) बाट एसपीमा ११ जना र प्रहरी निरीक्षकबाट डिएसपीमा १३ जना गरी जम्मा ३५ जना प्रहरी अधिकृतहरू पदोन्नति भएका थिए।
आइजिपी थापाले प्रहरी अधिकृतहरूलाईदर्ज्यानी चिन्ह प्रदान गर्दै संगठनको हितमा काम गर्ने गरि अघि बढ्न बधाई दिंदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।



