काठमाडौं। भारतबाट ल्याइएको पाँच हजार किलोबढी दाल अखाद्य पाइएपछि कैलालीको धनगढी भन्सारमा रोकिएको छ।
खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय धनगढीले मंगलबार दुई हजार ९२० किलो मुसुरो र दुई हजार २५० किलो मासको दाल रोक्का गरेको हो।
मुसुरको दालमा किराले खाएको मात्रा मापदण्डभन्दा बढी र मासको दालमा बाह्य रंगको प्रयोग भएको पाइएपछि रोक्का गरिएको खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ।
मापदण्ड विपरितका वस्तु आयात निर्यात गर्ने खाद्य व्यवसायीलाई ऐन अनुसार कारबाही गरिने विभागले जनाएको छ।



