बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

धरौटी बुझाएर छुटे दुर्गा प्रसाईं

धरौटी बुझाएर छुटे दुर्गा प्रसाईं

images
२०८२ श्रावण १९ गते, सोमवार
२०८२ श्रावण १९ गते, सोमवार
  • काठमाडौं। कारागारमा थुनामा रहेका राजावादी आन्दोलनका मुख्य योजनाकार मानिएका मेडिकल ब्यवसायी दुर्गा प्रसाईं धरौटीमा छुटेका छन।

    images

    सोमबार उच्च अदालत पाटनले धरौटीमा छाड्ने आदेश दिएसँगै प्रसाईं कारागारबाट रिहा भएका हुन्। अदालतले साँझ नै छाड्न आदेश दिएपनि प्रशासनिक प्रक्रिया पूरा गरेर राति साँढे १० बजे छुटेका हुन।

    images

    प्रसाईंलाई स्वागत गर्न नेपाली कांग्रेसका सांसद सुनिल शर्मा कारागार पुगेका थिए। शर्मा पनि मेडिकल ब्यवसायी हुन।

    १५ चैतमा भएको राजावादी आन्दोलनसँग जोडिएको मुद्दा र बैंकिङ कसुर दुवैमा प्रसाईंलाई उच्च अदालत पाटनले धरौटीमा छाड्ने आदेश दिएको थियो।

    उच्च अदालत, पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले उनलाई बैंकिङ कसुरमा २५ लाख रुपैयाँ धरौटी मागेको थियो।

    त्यस्तै तीनकुने घटनासँग जोडिएको विषयमा उच्च अदालतका न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले उनीसँग ३ लाख धरौटी माग गरेको थियो। दुबै गरि उबी २८ लाख धरौटी बुझाएर छुटेका हुन।

    राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवमा जिल्ला अदालत, काठमाडौंमा उनीविरूद्ध मुद्दा दर्ता भएको थियो। काठमाडौं अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

    त्यसपछि प्रसाईं डिल्लीबजार कारागारमा थिए भबे उनी जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत गएका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend