मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

खुर्कोटको पुलमा बेलिब्रीज बन्यो : यातायातका साधन चल्न थाल्यो

खुर्कोटको पुलमा बेलिब्रीज बन्यो : यातायातका साधन चल्न थाल्यो

images
२०८१ कार्तिक ६ गते, मंगलवार
२०८१ कार्तिक ६ गते, मंगलवार
  • रामेछाप।बबाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने सुनकोशी नदीमा जडान भएको बेलिब्रिजबाट यातायातका साधन संचालन गर्न सुरु गरिएको छ।

    images

    मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बेलिब्रिजको शुभारम्भ गरेका हुन्।

    images

    गत असोज दोस्रो साता अविरल वर्षासँगै आएको बाढीले सिन्धुलीको गोलन्जोर गाउँपालिकाको खुर्कोट र रामेछापको मन्थली नगरपालिकाको सेलेघाट जोड्ने खुर्कोट पुल बगाएको थियो।

    पुल बगाएपछि नेपाली सेनाले बेलिब्रिज बनाएको हो। नेपाली सेनाले सुनकोशी नदीमा एमपीबी (मोडुलर प्यानल ब्रिज) राखेर सिन्धुली र रामेछाप जिल्लालाई जोडेको थियो। निर्माण सम्पन्न भए पनि पुलको मुखमा ढलान गरिएकाले यातायात सञ्चालन भने भएको थिएन।

    बाढीले मन्थली, रामेछापतर्फको एउटा भाग बगाएपछि सडक सम्पर्क पूर्णरुपमा टुटेको थियो।

    बाढीले बगाएको सिन्धुलीस्थित खुर्कोटको सुनकोशी पुलमा नेपाली सेनाले २३ दिनमा बेलिब्रीज जडान सम्पन्न गरेको थियो। सेनाले बेलिब्रीज जडान गर्न भने कुल १५ दिन लगाएको हो। २० असोजबाट बेलिब्रीज जडानको काम सुरु गरिएको थियो।

    सेनाले आइतबार र्याम(स्लोप)बनाउने र बाटोसम्म पुलको मुख जोड्ने काम सकेसँगै पुल संचालनका लागि तयार भएको थियो।

    बेलिब्रीज जडानको काम सकिएसँगै आइतबार नै भार थाम्ने क्षमतासमेत परीक्षण गरिएको थियो। यस्तै निर्माणमा संलग्न सवारीसाधनहरुसमेत आइतबार नै पुलमाथिबाट परीक्षणका लागि चलाइएको थियो।

    यातायात सुचारु गरिएसँगै उक्त बेलिब्रिज निर्माण कार्यमा खटिएका प्राविधिक एवम् नेपाली सेनाका जवानहरुलाई पनि सम्मान गरिएको छ।

    मन्त्री दाहालले बेलिब्रिज निर्माण कार्यमा संग्लन नेपाली सेनाका जवानहरुलाई सम्मान गरेका हुन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend