मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सवारी लाइसेन्सको म्याद अब १० वर्ष

सवारी लाइसेन्सको म्याद अब १० वर्ष

images
२०८२ श्रावण १६ गते, शुक्रवार
२०८२ श्रावण १६ गते, शुक्रवार
  • काठमाडौं। सरकारले सवारी चालक अनुमती पत्र (लाइसेन्स) को म्याद बढाएको छ।

    images

    सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को म्याद पाँच वर्षबाट बढाएर १० वर्षसम्म कायम रहने व्यवस्था लागू गरेको छ।

    images

    ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ मा संशोधन गर्दै राजपत्रमा प्रकाशित ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन’ मार्फत यो निर्णय सार्वजनिक गरिएको हो।

    यो ब्यवस्था कायम भएसँगै अब जारी हुने नयाँ लाइसेन्सको म्याद १० वर्ष हुनेछ। यस्तै अब पाँच वर्षमा लाइसेन्स नवीकरण गर्नु पर्ने झन्झटसमेत हट्ने छ भने यसको सबैभन्दा बढी फाइदा विदेशमा बस्ने नेपाली नागरिकलाई हुनेछ। विदेशमा बस्ने नेपालीले लाइसेन्सको म्याद पाँच वर्ष मात्र हुँदा समस्या भोग्नु परेको गुनासो गर्ने गरेका थिए।

    नयाँ संशोधन अनुसार ऐनको दफा ५४ को उपदफा (३) र दफा ५६ को उपदफा (३) मा रहेका "पाँच वर्षसम्म" भन्ने शब्दलाई हटाएर "दश वर्षसम्म" भन्ने शब्द राखिएको हो। 

    सरकारले यो निर्णयले यातायात कार्यालयहरूको चाप कम हुने र प्रशासनिक प्रक्रिया सरल हुने विश्वाससमेत लिएको छ। यसले गर्दा कार्यालयको कार्यबोझ कम हुने र सेवाग्राहीको समयको पनि बचत हुनेछ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend