बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

मुलुकलाई लागू औषधमुक्त बनाउने गरी काम गरौं : गृहमन्त्री

मुलुकलाई लागू औषधमुक्त बनाउने गरी काम गरौं : गृहमन्त्री

images
२०८२ श्रावण १६ गते, शुक्रवार
२०८२ श्रावण १६ गते, शुक्रवार
  • काठमाडौं। गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागू औषध मुक्त बनाउने गरी प्रभावकारी ढंगले काम गर्न जरुरी रहेको बताएका छन।

    images

    शुक्रबार काठमाडौंकाे काेटेश्वरस्थित लागू औषध नियन्त्रण व्युराेकाे कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री लेखकले लागू औषधकाे उत्पादन, भण्डार र प्रयोग ठूलाे चुनाैतिका रुपमा देखिएकाे बताए।

    images

    "लागू औषधकाे प्रयोगले सडक दुर्घटना, आत्महत्या र साइबर क्राइमका अपराधलाई पनि उत्पति गर्छ। त्यसैले हामीले एक वर्षमा लागू औषधविरुद्धकाे महाअभियान लागू गरेका थियौं। त्याे अभियान सार्थक भएको छ।" गृहमन्त्री लेखकले भने।

    विगतका वर्षमा भन्दा पछिल्लो एक वर्षमा लागू औषध नियन्त्रणमा प्रगति भएको गृहमन्त्री लेखकले बताए।

    "आगामी दिनमा थप प्रभावकारी ढंगले याे चुनाैतिकाे सामना गर्नु छ। स्राेत साधानकाे कमी भएपनि चहाँदा धेरै काम गर्न सकिन्छ। त्याे याे एक वर्षमा देखिएको छ," उनले भने।

    लागू औषधकाे विगविगी देखिएको भन्दै यसविरुद्धकाे अभियानमा सबैकाे सहयोग आवश्यक रहेकाे उनको भनाइ छ।

    "खास गरेर युवाहरुमा यसकाे लत देखिएको छ। देशकाे भविष्य जाेडिएकाे युवा शक्ति लागू औषधमा फसकाे देखिएकाे छ, उनले भने,  "लागू औषधविरुद्धकाे महाअभियानले परिणाम ल्याएको छ। लागू औषधकाे अपराधमा संलग्नलाई कारबाही गरेर मात्र पुग्दैन। लागू औषधविरुद्ध अभियान चलाउन आवश्यक छ। याे प्रहरीको मात्र हाेइन। सबै मानिसकाे जिम्मेवारी हाे।"

    यस्तै गृहमन्त्री लेखकले लागू औषध व्युराेलाई विभागकै रुपमा विकास गर्ने प्रतिबद्धता जनाए।

    "लागू औषध व्युराेलाई विभागका रुपमा विकास गर्ने मैले प्रतिबद्धता जनाएको छु। मन्त्रालयबाट हुने सहयोग हुन्छ," उनले भने।

    गृहमन्त्रीले लागू औषध व्युराेलाई विभागका रुपमा विकास गर्नका लागि तयारी अगाडि बढाउन प्रहरी महानिरीक्षक दिपक थापालाई निर्देशन दिए।

    कार्यक्रममा महानिरीक्षक थापाले लागू औषध व्युराेलाई विभागका रुपमा विकास गर्ने गृहमन्त्रीकाे प्रस्ताव सराहनीय रहेको बताए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend