बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

नर्भिकमा स्तनपानसम्बन्धी परामर्श सेवा सुरु

नर्भिकमा स्तनपानसम्बन्धी परामर्श सेवा सुरु

images
२०८२ श्रावण १६ गते, शुक्रवार
२०८२ श्रावण १६ गते, शुक्रवार
  • काठमाडौं। थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले पहिलो पटक स्तनपानसम्बन्धी परामर्श सेवा सञ्चालनमा ल्याएको छ।

    images

    कामकाजी महिलाहरुले स्तनपानलाई कसरी निरन्तरता दिने, स्तनपानका क्रममा कस्ता समस्या आउन सक्छन् जस्ता विषयमा परामर्श र सहयोगका लागि अस्पतालले स्तनपान परामर्श सेवा सञ्चालनमा ल्याइएको बताएको छ।

    images

    ‘शिशुहरुलाई राम्रोसँग स्तनपान गराउन नसक्ने आमाहरुले यो सेवा लिन सक्नुहुन्छ,’ अस्पतालकी ल्याक्टेसन कन्सल्टेन्ट साफिया खातुनले भनिन्, ‘कामकाजी महिलाहरुलाई स्तनपानलाई कसरी निरन्तरता दिने भनेर हामी परामर्श दिन्छौं।’

    क्लिनिकमा विशेष खालको स्तन मसाज (जापानी टेक्निकल म्यानुअल मसाज) मार्फत् दूध बढाउन सहयोग गरिन्छ भने दूध खुवाउने आमाहरुको स्तनमा आउने जुनसुकै समस्याको पनि समाधान गरिने खातुनले बताइन।

    यस्तै, केही समय दूध नचुसाए पनि पुनः चुसाउन चाहने आमाहरुलाई सहयोग गरिने र दूध चुसाउने उपयुक्त विधिहरु पनि सिकाइने खातुनले जानकारी दिइन्।

    स्तनपान परामर्श सेवा आइतबारदेखि शुक्रबार मध्याह्न १२ बजेदेखि ४ बजेसम्म सञ्चालन हुने अस्पतालले जनाएको छ।

    यसैगरी, यही साउन १६ गतेदेखि सुरु हुने विश्व स्तनपान सप्ताहका अवसरमा अस्पतालले साउन २१ गते आमा र गर्भवती महिलाका लागि विशेष स्तनपान सचेतना कार्यक्रम गर्ने भएको छ।

    स्तनपान परामर्श सेवा र सचेतना कार्यक्रममा सहभागी हुन फोन नम्बर ०१–५९७००३२ मा सम्पर्क गर्नसमेत अस्पतालले आग्रह गरेको छ । 

    नेपालमा शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको संख्या स्थिर रहे पनि ६ महिनासम्म पूर्ण स्तनपान गराउनेको संख्या भने घट्दै गइरहेको पाइएको छ।

    नेपाल डेमोग्राफिक हेल्थ सर्भेका अनुसार सन् २०१६ र २०२२ मा जन्मेको एक घण्टाभित्र स्तनपान गराउनको संख्या ५५ प्रतिशत रहेको छ। तर, ६ महिनासम्म पूर्ण स्तनपान गराउनेको संख्या २०१६ मा ६६ प्रतिशत रहेकोमा सन् २०२२ मा घटेर ५६ प्रतिशत रहेको पाइएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend