बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

द्रुतमार्गको सुरु विन्दुको समस्या समाधानका लागि प्रधानमन्त्रीको पहल

द्रुतमार्गको सुरु विन्दुको समस्या समाधानका लागि प्रधानमन्त्रीको पहल

images
२०८२ श्रावण १२ गते, सोमवार
२०८२ श्रावण १२ गते, सोमवार
  • काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको खोकना इलाकाको निर्माणका लागि देखिएका समस्या समाधानका लागि छलफल गरेका छन।

    images

    लामो समयदेखि द्रुतमार्गको सुरुविन्दुको विषयमा विवाद हुँदा द्रुतमार्गको सुरुविन्दु कहाँ हुने भन्ने टुंगो छैन। सोही समस्याको समाधानका लागि प्रधानमन्त्री ओलीले आइतबार सम्बन्धित मन्त्रीसहित उच्चाधिकारीसँग ब्रिफिङ लिइ समाधानका लागि पहल लिएका हुन।

    images

    प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको छलफलमा उक्त आयोजनाको हालको प्रवेश विन्दुु ललितपुर महानगरपालिका–२१ खोकनाको फुडोलमा कायम हुँदा देखिएका समस्या समाधानका लागि हालसम्म प्राप्त अध्ययन र विकल्पका सुझावबारे परामर्श भएको छ।

    खोकना क्षेत्र नेवार समुुदायको धार्मिक तथा सांस्कृतिक सम्पदा रहेकोले त्यसलाई सम्बोधनका लागि विभिन्न विकल्पमाथि छलफल भएको छ।

    छलफलपछि प्रधानमन्त्री ओलीले विवाद र समस्यालाई लामो समय अन्योलमा नराखी स्थानीयबासीको माग सक्दो सम्बोधन गरेर आयोजनालाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालय बताउँछ।

    छलफलमा भौतिक यातायात तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, प्रधानसेनापति अशोकराज सिग्देल, दुवै मन्त्रालयका सचिवहरुको उपस्थिति थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend