बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

मोबाइल व्यवसायीद्धारा ‘सामसुङ रिटल मीट’ बहिष्कार

मोबाइल व्यवसायीद्धारा ‘सामसुङ रिटल मीट’ बहिष्कार

images
२०८१ भाद्र २१ गते, शुक्रवार
२०८१ भाद्र २१ गते, शुक्रवार
  • काठमाडौं। सामसुङ मोबाइल कम्पनी सामसुङ नेपालले सुदुरपश्चिम प्रदेशको धनगढीमा आयोजना गरेको ‘सामसुङ रिटल मीट’ कार्यक्रम मोबाइल व्यवसायीहरुले बहिष्कार गरेका छन्।

    images

    मोबाइल व्यवसायीहरुले व्यवसायीको समस्या राख्दै गर्दा सामसुङ नेपालका प्रतिनिधिहरुले सुन्न नचाहेपछि मोबाइल व्यवसायीहरुले कार्यक्रम नै बहिष्कार गरेका हुन्। सो क्रममा व्यवसायी र कम्पनीका प्रतिनिधिहरुबिच भनाभन नै भएको हो।

    images

    नेपाल मोबाइल व्यवसायी महासंघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष शुरेस सापकोटाले व्यवसायीहरुले कार्यक्रममा कम्पनीसँग सम्वन्धित समस्या राख्दै गर्दा अवरोध गरेपछि कार्यक्रम नै बहिष्कार गरिएको जानकारी दिए।

    ‘हामीले सामसुङ नेपालका प्रतिनिधिसँग व्यवसायीका समस्याकाबारे आफ्ना कुरा राख्दै गर्दा उहाँहरुबाट समस्या सुन्नै नचाहेको प्रतिक्रिया पायौं, त्यसपछि व्यवसायीहरु कार्यक्रममा बस्नुको अर्थ रहेन, हामी बहिष्कार गरेर हिड्यौं,’ नेपाल मोबाइल व्यवसायी महासंघका सुदुरपश्चिम प्रदेश अध्यक्ष सापकोटाले भने।

    बिहीबारका लागि आयोजना गरिएको कार्यक्रममा सो प्रदेशका नौ जिल्लाका एक सय भन्दा बढी मोबाइल व्यवसायीहरु सहभागी थिए भने कार्यक्रम धनगढी हसनपुरस्थित डिभोटी होटलमा आयोजना गरिएको थियो।

    पछिल्लो समय मोबाइल व्यवसायीहरुले मोबाइल फोनको कारोबारमा व्यवसायीहरुले प्राप्त गर्ने मार्जिन बढाउनु पर्ने माग गर्दै आइरहेका छन्। उनीहरुले अन्य कम्पनीहरुले व्यवसायीलाई दिने मार्जिन बढाउँदा पनि सामसुङले नबढाएको भन्दै असन्तुष्टी जनाउँदै आइरहेका छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend