मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

स्वास्थ्य मन्त्रीको एकवर्ष : बीमामा जोडबल, बिग्रेका उपकरण मर्मतले वाहीवाही

स्वास्थ्य मन्त्रीको एकवर्ष : बीमामा जोडबल, बिग्रेका उपकरण मर्मतले वाहीवाही

images
२०८२ श्रावण ५ गते, सोमवार
२०८२ श्रावण ५ गते, सोमवार
  • काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व गरेका मन्त्री प्रदीप पौडेलले आफ्नो एकवर्षे कार्यकालको फेहरिस्त सार्वजनिक गरेका छन। 

    images

    सोमबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री पौडेलले बितेको एकवर्षे कार्यकालको विवरण देखाए। उनले पत्रकार सम्मेलनमा विगत एक वर्षभित्रका उपलब्धिहरू र आगामी योजनाहरू सार्वजनिक गरेका हुन्। उनको फेहरिस्तमा धेरै जोडबल स्वास्थ्य बीमामा छ। उनले मन्त्री भएदेखि नै यो विषयलाई आफ्नो प्राथमिकतामा राख्दै आएका छन।

    images

    स्वास्थ्य बीमाका सवालमा कताकता आशंका उब्जने नगरेको पनि होइन। तर मन्त्री पौडेल यो बीमा प्रणालीलाई दिगो र भरपर्दो बनाउने तयारीमा छन। उनको टिमलाई केही विज्ञहरुले पनि बीमाका सवालमा सघाएका छन। मन्त्री पौडेल त्यहिभएर पनि बीमामा आफ्नो धारणा सुनाउँदा फेहरिस्त खोल्छन। आफ्नो योजना सुनाउछन र हरेक पटक स्वास्थ्य बीमाको अवस्थालाई केहो केहो भन्ने बनाइदिन्छन।

    अनलाइन नवीकरण र सहज रिफर

    उनले स्वास्थ्य बीमा तथा सामाजिक स्वास्थ्य सुरक्षाका सवालमा  स्वास्थ्य बीमा ऐन र नियमावली संशोधन गरी अनलाइन नवीकरण र सहज रिफरलको व्यवस्था गरिएको उल्लेख गरेका छन।

    स्वास्थ्य बीमाको बक्यौताका कारण देखिएको समस्या हल गर्न चालू आ.व. मा हालसम्म बाँकी रहेको भुक्तानी दावी रकम परीक्षण गराई यसै आर्थिक वर्षमा फरफारक गर्ने व्यवस्था मिलाईएको उनको उपलब्धिमा उल्लेख छ।

    आफू बसेकै स्थानबाट समेत प्रथम बिन्दुको सेवा

    यस्तै नागरिकको सास्ती हटाउन आफू बसेकै स्थानबाट समेत प्रथम बिन्दुको सेवा लिन सकिने व्यवस्था गरिएको, प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा प्रथम सेवा विन्दु रहने व्यवस्था गरिएको, दीर्घ रोगको उपचारका लागि एक पटक रिफर लिएर गए पछि पुन फलोअपमा जाँदा फेरि रिफर पुर्जा बनाउनु नपर्ने व्यवस्था गरिएको मन्त्री पौडेलको उपलब्धिमा उल्लेख छ।

    यसैगरी बीमाको म्याद सकिएर नवीकरण गर्नु परेमा घरैबाट अनलाईन मार्फत गर्न सकिने व्यवस्था गरिएको छ। बीमा मार्फत प्राप्त हुने गरी ८ प्रकारका कडा रोग (क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमर) का लागि २ लाख बराबरको उपचार सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको उनले भनेका छन।

    यस्तै बीमितले सेवा लिनका लागि बीमा भएको अवधी तीन महिना हुनुपर्ने विगतको व्यवस्था घटाई एक महिनामा झारिएको उनको भनाइ छ।

    बिग्रेर थन्किएका सरकारी अस्पतालको उपकरणको मर्मत

    यसैगरी उनको एकवर्षे उपलब्धि भनेको बिग्रेर थन्किएका सरकारी अस्पतालको उपकरणको मर्मत पनि मुख्य हो। सँधै नेताहरुको हुर्मत लिने नेपाल सरकारका पुर्व सचिव भीम उपाध्यायले यो विषयमा सामाजिम संजालमार्फत मन्त्री पौडेलको प्रशंसा नै गरे।

    मन्त्री पौडेलले संघीय अस्पतालका बिग्रेका र थन्किएका उपकरणलाई राष्ट्रिय आविष्कार केन्द्रलाई मर्मतको जिम्मा दिए। अहिले केही उपकरण र औजारहरु मर्मतपछि संचालनमासमेत छन।

    पाँच वर्षमा १२ हजार जनशक्ति थप गर्ने योजना 

    पौडेलले स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालेपछि प्राप्त गरेको अर्को उपलब्धि जनशक्ति तर्फको पनि हो। उनले जनशक्ति ब्यवस्थापनका सवालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत पाँच वर्षमा १२ हजार जनशक्ति थप गर्ने योजना सार्वजनिक गरेका थिए।
    जसको प्रयास स्वरुप हाल २१०० जनशक्ति सहितको संगठन संरचना सुधार गर्न O&M सर्वेक्षण प्रतिवेदन तयार गरी नेपाल सरकार मन्त्रिपरिषद् समक्ष पेश गर्ने गरी स्वीकृतीको अन्तिम चरणमा रहेको छ।

    विशिष्टकृत सेवा विस्तार

    यसैगरी पौडेलको अर्को उपलब्धि भनेको क्यान्सरको उपचारलाई प्रदेशगत रुपमा विस्तार गर्नु पनि हो। उनले यसकार्यमा आफ्नो ध्यान लगाए।

    नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने गरी क्यान्सर तथा जलनको उपचार सेवा विस्तार, बिरामीलाई एक अस्पतालबाट अर्कोमा पठाउन राष्ट्रिय बिरामी प्रेषण निर्देशिका, बालबालिकाका लागि एच.पि.भी. खोप सञ्चालन निर्देशिका तथा विद्यालय स्वास्थ्य सेवा निर्देशिका  र नसर्ने रोग नियन्त्रणका लागि मधुमेह, उच्च रक्तचाप परीक्षण अभियान जस्ता एक दर्जनभन्दा बढी महत्वपूर्ण कार्यविधि, निर्देशिका र रणनीतिहरू लागू भइसकेका छन्। 

    सुरुवात पहिल्यै तय वजेटबाट

    मन्त्री पौडेलका अनुसार, मन्त्रालयको जिम्मेवारी सम्हाल्दा आर्थिक वर्ष २०८१/०८२ का नीति तथा कार्यक्रम तथा बजेट पहिल्यै तय भइसकेको हुँदा नयाँ योजनाहरू ल्याउने अवसर सीमित रहेको उनको दाबी छ।

    तथापि, विनियोजित बजेट भित्र रहेर पनि स्वास्थ्य सेवा प्रभावकारी बनाउने, दीर्घकालीन सुधारको मार्गचित्र कोर्ने र नागरिकलाई लक्षित सेवा प्रवाहमा केन्द्रित हुने उद्देश्यसहित मन्त्रालयले कार्य अघि बढाएको मन्त्री पौडेलले आफ्नो प्रगतिमा उल्लेख गरेका छन्।

    २०८१ श्रावण २७ गते सार्वजनिक विस्तृत कार्ययोजना अनुसार काम

    स्वास्थ्य मन्त्री पौडेलले गत २०८१ सालको श्रावण २७ गते सार्वजनिक गरेको विस्तृत कार्ययोजनाका आधारमा प्राथमिकताका क्षेत्रहरू निर्धारण गरेका थिए।

    सो कार्ययोजना अनुसार बजेटको सीमितताका बाबजुद विभिन्न दातृ निकाय र विकास साझेदारसँग समन्वय गरी अतिरिक्त स्रोत जुटाउन सफल भएको पौडेलले भनेका छन।

    गत वर्ष थालिएका कतिपय योजनाले नागरिकको दैनिक जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पारेको उनले दाबी गरेका छन। 

    स्वास्थ्य पूर्वाधारको सुदृढीकरण, औषधि आपूर्ति प्रणालीमा सुधार, मातृ तथा शिशु स्वास्थ्यमा लक्षित कार्यक्रम, दूरदराजका बासिन्दाका लागि मोबाइल स्वास्थ्य सेवा, र प्रविधिमार्फत सेवा पहुँच विस्तारका केही मुख्य पहलहरू रहेको उनको उपलब्धिमा उल्लेख छ।

    मन्त्री पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि मन्त्रालयले ती दीर्घकालीन सोच भएका योजनाहरूलाई निरन्तरता दिने र स्वास्थ्य तथा जनसंख्यामा सन्तुलन ल्याउने दीर्घकालीन दृष्टिकोणमा आधारित नयाँ कार्यक्रमहरू समेत अगाडि बढाउने बताए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend