काठमाडौं। भक्तपुरको गठ्ठाघरमा रहेको नागरिक अस्पताल (ह्याम्स)मा सिटीस्क्यान सेवा सुरु भएको छ।
आइतबारबाट सो अस्पतालमा सिटीस्क्यान सेवाको शुभारम्भ गरिएको हो। सो सिटीस्क्यान मेसिन उच्च गुणस्तरको रहेको दाबी अस्पतालको छ।

सो अस्पतालमा सिटीस्क्यान सेवा सुरु भएसँगै अब भक्तपुर र आसपासका स्थानीयलाई मस्तिष्क, छाती, पेट, हड्डी लगायतका अंगहरूको परीक्षण सहज, छिटो र विश्वसनीय ढंगले गर्न सहज हुने असपतालले जनाएको छ।
सो मेसिन संचालनको अवसरमा एक सातासम्म १५ प्रतिशत छुट उपलब्ध गराइने अस्पतालले जनाएको छ।
सो कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल, मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, डा. भोला रिजाल, डा. अर्जुन कार्की लगायत सहभागी थिए।




