काठमाडौं। नेपालकै नम्बर १ अडियो र वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले ग्राहकलाई मात्र ८ रुपैयाँमा साउन्डबार दिने देखि डिस्काउन्ट भौचर र सरप्राइज उपलब्ध गराउने सम्मका योजना ल्याएको छ।
अल्टिम लाइफस्टाइलले प्रमुख इकमर्स प्लेटफर्म दराजसँग सहकार्य गर्दै महाबचत बजार अभियानको असाधारण टेक डिल अन्तर्गत अभूतपूर्व अफरहरूको सुरुवात गरेको हो।
जहाँ २० हजार रुपैयाँको साउन्डबार मात्र ८ रुपैयाँमा ग्राहकले प्राप्त गर्ने छन। यो बहुप्रतीक्षित क्याम्पेन जुलाई १८ देखि जुलाई ३१ सम्म लाइभ हुनेछ।
अभियानभर ग्राहकहरूले विशाल डिस्काउन्ट भउचरहरू, एक्सक्लुसिभ ग्याजेट डिल र रोचक सरप्राइजहरू पाउनेछन्। जुन सबै अल्टिमाका उत्पादनहरूमा लागू हुनेछ।
कार्यक्रमको प्रमुख आकर्षणस्वरूप अल्टिमाले आफ्नो प्रिमियम १२०W साउन्डबार (मूल्य रु. २० हजार) चारजना भाग्यशाली ग्राहकहरूलाई मात्र ८ रुपैयाँमा उपलब्ध गराउनेछ।
यो सीमित अवधिको क्याम्पेनले नवीनतम प्रविधि नेपाली ग्राहकहरूका लागि अझ सहज र सुलभ बनाउने उद्देश्य राखेको छ। यो अफरमा डिजिटल सपिङको प्रभावलाई अल्टिमाले उत्सवको रूपमा मनाइएको हो।
पावर बैंक लाइनअपलाई पुनः स्टक
अभियानको अर्को प्रमुख आकर्षणका रूपमा अल्टिमा लाइफस्टाइलले आफ्नो अत्यधिक माग रहेको पावर बैंक लाइनअपलाई पुनः स्टक गरेको छ। जसले ग्राहकहरूलाई ६०% सम्मको विशाल छुटमा मनपर्ने मोडेलहरू खरिद गर्न सक्ने सुनिश्चित गरेको छ। त्यो पनि Voucher Max वा बैंक छुटहरू लागू गर्नु अघि नै।
यो अभियान अन्तर्गत Boost 20 K Mini, Boost 20 K Pro, र Boost 30 K Pro जस्ता लोकप्रिय पावर बैंकहरू अब अझै अपराजय मूल्यमा उपलब्ध छन्।
यस पटकको लाइनअपमा थपिएको छ नयाँ अल्टिमा टर्बो चार्ज 20 k, जुन छिटो र भरपर्दो चार्जिङको लागि डिजाइन गरिएको अल्टिमाको दाबी छ। यसलाई अल्टिमाले `तपाईं जहाँ गए पनि साथ दिन तयार।´ नारा दिएको छ।

अल्टिमाका यी रोमाञ्चक अफरहरूसँगै, अल्टिमाको महाबचत बजार नै नेपालमा अनलाइनमार्फत पावर बैंक किन्नका लागि उत्तम अवसर बनेको छ।
यो अपराजेय साउन्डबार अफरसँगै, ग्राहकहरूले सबैको मनपर्ने Ultima Atom 820 पनि केवल ११ सय ९९ मा किन्न सक्नेछन्। यो अचम्मको मूल्यमा उपलब्ध उत्कृष्ट डिल मध्ये एक हो।
अल्टिमाले भनेको छ, `यस अफरलाई छुटाउनु भनेको सस्तोमा उत्कृष्ट प्रविधिबाट बञ्चित हुनु हो!´
छुटै छुट
यसैगरी ग्राहकहरूले अल्टिमा लाइफस्टाइलका विभिन्न उत्पादनहरु वायरलेस इयरबड्स, स्मार्टवाच, ब्लुटुथ स्पिकर, पावर बैंक, र साउन्डबारमा ६०% सम्मको छुटको मजा लिन सक्नेछन्।
यसमा दराजको एक्सक्लुसिभ Voucher Max अफरहरू र बैंक पार्टनर डिलहरू थप्दा जम्मा बचत ८०% सम्म पुग्न सक्छ।
यस्ता अद्वितीय अफरहरूसँगै, महाबचत बजार क्याम्पेनले अल्टिमा लाइफस्टाइलका पहिल्यै किफायती ग्याजेटहरूलाई झनै सबैको पहुँचमा ल्याएको छ।
के हो अल्टिमा वेव बार साउन्डबार १२०?
यो उत्पादन १२० वाट क्षमताको एक शक्तिशाली अडियो डिभाइस हो। जसले १२०W RMS आउटपुट प्रदान गर्दछ। यसमा रहेको इमर्सिभ थ्री डी सराउण्ड साउन्ड र गहिरो, दमदार बासले घरमै थिएटरजस्तो अनुभव दिन्छ।
२.१ च्यानल सेटअप र Music, Movies, News गरी तीनवटा बहुप्रयोगी इक्वलाइजर मोडहरू भएको यो साउन्डबारले तपाईंको मूड वा क्षणअनुसार अडियो अनुभवलाई सजिलै अनुकूल बनाउन सक्छ।
स्टक सकिनुअघि सुरक्षित गर्नुहोस् : अल्टिमा
ग्राहकहरूको अत्याधिक माग र अपराजय छुटका कारण स्टक अत्यन्तै सीमित छ र छिटो सकिने सम्भावना छ। अफर छुटाउन नचाहने ग्राहकहरूलाई अभियान सुरु हुनु अघि नै मनपर्ने उत्पादनहरूलाई कार्टमा राख्न आग्रह गरेको छ।
महाबचत बजार अभियानको समयमा अझ बढी बचतका लागि, Voucher Max र एक्सक्लुसिभ बैंक भाउचरहरू पनि पहिले नै संकलन गर्न सकिन्छ। चाँडो निर्णय गरेर ग्राहकहरूले आफ्ना मनपर्ने अल्टिमा लाइफस्टाइल ग्याजेटहरू सबैभन्दा कम मूल्यमा पाउन सक्नेछन्।
प्लेटफर्म र उपलब्धता
ग्राहकहरूले जुलाई १८ देखि जुलाई ३१ सम्म दराज डट कम डट एनपी (Daraz.com.np) मा अल्टिमा लाइफस्टाइलका सबै उत्कृष्ट अफरहरू पाउन सक्नेछन्। दराजको अल्टिमा लाइफस्टाइल स्टोरमा गएर मन पर्ने उत्पादनहरूलाई अगाडि नै कार्टमा राख्न सकिने छ।
केहो अल्टिमा लाइफस्टाइल?
अल्टिमा लाइफस्टाइल नेपालकै एक अग्रणी र छिटो बढ्दो लाइफस्टाइल एक्सेसरीज़ ब्रान्ड हो। जसले इलेक्ट्रोनिक्सलाई सबैका लागि किफायती र सजिलै उपलब्ध गराउने मिशन सहित बजारमा क्रान्ति ल्याइरहेको छ। यसले नवीनतम र उच्च गुणस्तरका उत्पादनहरूको फराकिलो दायरा प्रदान गर्दै आएको छ। साथै, उत्कृष्ट सेल्सपछिको सेवा मार्फत ग्राहकलाई सर्वोत्तम अनुभव दिन प्रतिबद्ध छ।




