बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

म्याग्नस फर्माले शुरु गर्यो `मोमेटासोन न्याजल् स्प्रे´को उत्पादन

म्याग्नस फर्माले शुरु गर्यो `मोमेटासोन न्याजल् स्प्रे´को उत्पादन

नेपालमा नै पहिलो उत्पादन : मास्के

images
२०८२ आषाढ ३१ गते, मंगलवार
२०८२ आषाढ ३१ गते, मंगलवार
  • काठमाडौं। नेपाली औषधि उत्पादक कम्पनी म्याग्नस फर्माले मोमेटासोन न्याजल् स्प्रे (नाकमा राख्ने) को उत्पादन शुरु गरेको छ।

    images

    नेपाली फार्मास्युटिकल क्षेत्रमा नवीनतम सोच र प्रविधिको परिचायक बनेको म्याग्नस फर्मा मोमेटासोन न्याजल् स्प्रे उत्पादनमा पनि अग्रणी बन्न सफल भएको हो। ‘मोमेकोर’ (Momecor) ब्रान्ड नाममा यो औषधि उत्पादन गर्ने म्याग्नस नेपालमै पहिलो कम्पनी बनेको हो।

    images

    मोमेटासोन फ्युरोएट (Mometasone Furoate) अणुमा आधारित यो न्याजल् स्प्रे सामान्यतः एलर्जीक  राइनाइटिस, नाकको पोलिप्स जस्ता समस्या समाधानका लागि प्रयोग गर्ने गरिन्छ।

    नेपालमा हालसम्म यस्तो औषधि पूर्ण रूपमा विदेशबाट आयात हुँदै आइरहेकोमा म्याग्नसले नेपालमा नै पहिलोपटक यसको उत्पादन शुरु गरेको हो।

    म्याग्नसले सो औषधिको स्वदेशमै उत्पादन शुरु गर्नु नेपाललाई औषधि आत्मनिर्भरतातर्फ लग्ने एक महत्वपूर्ण पाइला भएको दाबी गरेको छ।

    म्याग्नस फर्माका प्रबन्ध निर्देशक सुधीर प्रकाश मास्केले सँधै नविनतामा विश्वास गर्ने म्याग्नस फर्माले यो उत्पादनमा पनि आफुलाई नवीन र पहिलो बनाएको बताए।

    “हामी सधैं नवीनता र समाजका अपूरा आवश्यकता पूर्तिमा विश्वास गर्छौं। यही सोच अनुरूप हामीले नेपाली बजारमा पहिलोपटक मोमेटासोन न्याजल् स्प्रे उत्पादन सुरु गरेका छौं। यो मात्र सुरुवात हो, हामी यस्तै अन्य आधुनिक र गुणस्तरीय औषधिहरू नेपाली जनताको पहुँचमा ल्याउन प्रतिबद्ध छौं।” म्याग्नस फर्माका प्रबन्ध निर्देशक मास्केले भने।

    नेपाली फार्मास्युटिकल क्षेत्रमा हालसम्म न्याजल् स्प्रे उत्पादन नै नरहेको अवस्थामा म्याग्नसको यो कदमले नयाँ आयाम थपिएको छ। म्याग्नसले बारामा आफ्नो फ्याक्ट्री संचालन गर्दै आएको छ। म्याग्नका औषधि उत्पादन गर्ने फ्याक्ट्री अत्याधुनिक र पुर्णरुपमा सुरक्षित छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend