बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

"अजमेरा फेशन ईन्डिया" अब नेपालमै : फ्याक्ट्रीको मुल्यमा सामान पाइने

"अजमेरा फेशन ईन्डिया" अब नेपालमै : फ्याक्ट्रीको मुल्यमा सामान पाइने

images
२०८२ आषाढ २९ गते, आइतवार
२०८२ आषाढ २९ गते, आइतवार
  • काठमाडौं। भारतको गुजरातस्थित नम्बर १ टेक्सटाइल कम्पनी अजमेरा फैशन ईन्डियाले नेपालको इन्द्रेणी भवन बानेश्वरबाट बिधिवत बिक्री आउटलेट सुरु गरेको छ।

    images

    मासिक १० लाख उत्पादन क्षमता भएको कम्पनीका अध्यक्ष अजय अजमेरा भारतका प्रतिष्ठित कपडा उद्योगी हुन। नेपालको आधिकारिक कार्यालय इन्द्रेणी भवन, नयाँ बानेश्वरको तेस्रो तल्लामा रहेको छ।

    images

    सो आउटलेट मार्फत ग्राहकले भारतकै फ्याक्ट्रीको मुल्यमा सामान प्राप्त गर्न सक्ने छन्। भारतमा सन् १९९२ मा स्थापना भएको कम्पनी गुजरातकै नम्बर कम्पनी हो। १ लाख भन्दा बढी बिक्रेता भएको यस कम्पनीले ३० भन्दा बढी देशमा आफनो ब्यापार बिस्तार गरेको छ साथै १ अर्ब भन्दा बढी ग्राहकको मन जितेको कम्पनीको दाबी छ।

    नेपालमा ठुलो सख्यामा ग्राहक रहेपनी विभिन्न रुपमा नेपाल समान भित्र्याउने तर आधिकारिता नभएकोले अजमेरा फेसनले नेपालका लागी आधिकारिक बिक्रेता नियुक्त गरेको छ।

    नेपालका लागि कम्पनीको आधिकारिक बिक्रेता ब्लक बुल गार्मेन्ट ट्रेडिङ प्रा. ली. रहेको छ। जसकी अध्यक्ष सफल तथा प्रतिष्ठित महिला उद्यमी मोतिना चन्द हुन।

    चन्दले प्रीफ्याब प्यानल नेपाल (नेपालको सबैभन्दा ठूलो प्रेफ्याब कम्पनी), ब्लक बुल मल्टिपर्पोस (अलकत्रा आयात), र जे बी अटोमोटिभ जस्ता कम्पनीहरू कुशलतापूर्वक सञ्चालन गर्दै आइरहेकी छन्।

    ब्लक बुल गार्मेन्ट ट्रेडिङ को माध्यमबाट अब नेपाली बजारमा महिलाहरूका लागि सारी, कुर्ता, लेहङा, साथै पुरुष र बालबालिकाका लागि शर्टिङ, शुटिग लगायतका सम्पूर्ण कपडा वस्तुहरू उपलब्ध हुनेछन्।

    उक्त सबै सामग्री भारतबाट प्रत्यक्ष उत्पादन स्थलबाटै, कुनै पनि चोरी निकासी नगरी राजस्व तिरेर कानुनी रूपमा आयात गरिने कम्पनीको स्पष्ट प्रतिबद्धता छ।

    कम्पनीको नेपाल आगमन प्रक्रियाका लागि संयोजन पत्रकार महासंघकी सचिव सोनी शर्माले गरेकी हुन्।शर्मा ब्लक बुलकी निर्देशक तथा कम्पनी सदस्य हुन ।समूहको सामाजिक सञ्जाल विस्तारमा शर्माको अनुभवी संलग्नताले यस ब्राण्डलाई नेपालको बजारमा अझ प्रभावकारी उपस्थिति दिलाउने विश्वास लिइएको छ।

    त्यस्तै, कम्पनीको जनसंपर्क तथा प्रचारप्रसारलाई अझ सशक्त बनाउनका लागि प्रवक्ता तथा जनसंपर्क अधिकारीका रूपमा सुपरिचित ब्यक्ति अमर बहादुर चन्द रहेका छन्।

    कम्पनीको नेपालस्थित सम्पर्क कार्यालय इन्द्रेणी भवन, नयाँ बानेश्वरको तेस्रो तल्लामा रहेको छ। यहाँबाट ग्राहकहरूले भारतकै फेक्ट्री दररेटमा सामान प्राप्त गर्न सक्नेछन्, जसमा केवल ढुवानी खर्च र भन्सार महसुल मात्र थपिने व्यवस्था गरिएको छ।

    ब्लक बुल गार्मेन्ट ट्रेडिङको यो कदमले नेपालमा गुणस्तरीय कपडाको व्यापारलाई संस्थागत गर्न, चोरी निकासी र अवैध व्यापारलाई निरुत्साहित गर्न, र पारदर्शी व्यापार संस्कृतिको प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend