बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

नर्भिक अस्पतालमा फोक्सोको समस्या पत्ता लगाउने इन्डोब्रोङकियल अल्ट्रासाउन्ड सुरु

नर्भिक अस्पतालमा फोक्सोको समस्या पत्ता लगाउने इन्डोब्रोङकियल अल्ट्रासाउन्ड सुरु

images
२०८२ आषाढ २८ गते, शनिवार
२०८२ आषाढ २८ गते, शनिवार
  • काठमाडौं। नर्भिक इन्टरनेशनल अस्पतालमा पहिलो पटक फोक्सोको समस्या पत्ता  लगाउने अत्याधुनिक परीक्षण इन्डोब्रोङकियल अल्ट्रासाउन्ड (इबस) सुरु भएको छ।
     
    अस्पतालका सिनियर कन्सल्टेन्ट पल्मोनोलोजिस्ट डा. अच्युतभक्त आचार्यको नेतृत्वमा ‘इबस’ सेवाको सफल सुरुवात गरिएको हो।
     
    यसअन्तर्गत फोक्सोभित्र पाइप छिराएर अल्ट्रासाउन्डका साथै बायोप्सी गरिन्छ। यसबाट फोक्सोमा क्षयरोग तथा क्यान्सर भए नभएको पत्ता लगाउन सहज हुने अस्पतालको दाबी छ। यस्तै यो प्रविधिबाट फोक्सोको क्यान्सर कुन स्टेजमा छ भन्ने पनि पत्ता लगाउन सकिने बताइन्छ।
     
    यसअघि यस्तो परीक्षण सरकारी स्तरमा वीर अस्पताल तथा बिपी कोइराला मेमोरियल अस्पताल धरानमा मात्र उपलब्ध भएकोमा निजी क्षेत्रमा नर्भिकले पहिलो पटक सुरु गरेको हो।
     
    ‘अब फोक्सोको समस्या पत्ता लगाउन सहज भएको छ,’ डा. आचार्यले भने, ‘अब यसैका लागि भारत धाउनुपर्ने अवस्था रहनेछैन।’
     
    ‘इबस’ ब्रोङकोस्कोपीभन्दा अत्याधुनिक तरिकाले परीक्षण गर्ने विधि रहेको डा. आचार्यले बताए। 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend