काठमाडौँ। नेपाली ब्राण्ड अल्टिमा लाइफस्टाइलले आफ्ना उत्पादनमा अफर सार्वजनिक गरेको छ।
अल्टिमाले आफ्ना ब्राण्डका पावरबैंक, स्मार्टवाच तथा इयरबड्सहरुमा अफर ल्याएको हो। जस अनुसार ‘ग्रान्ड रिस्टक’ सँगै ‘७.७ मेगा सेल’ अभियान घोषणा गरिएको छ।
पावर बैंकहरुमा बुस्ट २०के प्रो, टर्बो चार्ज २०के, ३०के प्रो र १०के मिनी लगायतका पावरबैंकहरू पुनः बजारमा ल्याएको कम्पनीले जनाएको छ। यी उत्पादनमा ‘ग्रान्ड रिस्टक’ लागू गरिएको छ।
कम्पनीले पुनः स्टकमा ल्याएका पावरबैंक सिरिज अन्तर्गत अल्टिमा ३०के प्रो पावरबैंक २,९९९ रुपैयाँमा उपलब्ध हुनेछ। जसको वास्तविक मूल्य रु. ४,९९९ छ। यो पावरबैंक ३० हजार एमएएच क्षमता, २२.५ वाट फास्ट आउटपुट र चार ओटा पोर्ट भएको पावरबैंक हो।
यसैगरी अल्टिमा टर्बोचार्ज २०के पावरबैंक रु. २,५९९ मा उपलब्ध हुने गरि अफर ल्याइएको छ। जसको वास्तविक मूल्य रु. ३,९९९ छ। यो २० हजार एमएएच क्षमताको ब्याट्री, २२.५ वाट फास्ट आउटपुट र ३ पोर्ट भएको कम्प्याक्ट पावरबैंक हो।
यस्तै अल्टिमा १०के मिनी पावरबैंकको रु. २,४९९ अफर मूल्य राखिएको छ। यसको वास्तविक मूल्य रु. ३,९९९ कायम थियो। यो वायरलेस चार्जिङ र बिल्ट-इन स्ट्यान्डसहितको १० हजार एमएएच क्षमताको पावरबैंक हो।
यस्तै अर्को भेरियन्ट अल्टिमा बुस्ट २०के प्रो पावरबैंक रु. १,९९९ अफर मुल्यमा उपलब्ध हुनेछ। जसको वास्तविक मूल्य रु. ३,९९९ कायम थियो। यो २० हजार एमएएच क्षमता, २२.५ वाट फास्ट आउटपुट र ७-स्तरीय फायर प्रोटेक्सन सिस्टम भएको पावरबैंक हो।
७.७ मेगा सेलमा के छ?
अल्टिमाको अफर अन्तर्गत दराजमा सुरु भएको ‘७.७ मेगा सेल’ मा समेत विभिन्न उत्पादनहरूमा भारी छुटको घोषणा गरिएको छ।
अभियानको मुख्य आकर्षणको रूपमा कम्पनीको सबैभन्दा बढी बिक्री हुने ‘एटम ८२०’ इयरबड्स १,१९९ रुपैयाँमा उपलब्ध हुनेछ, जसको वास्तविक मूल्य २,९९९ रुपैयाँ रहेको छ।
यो अफर दराज, अल्टिमाको आधिकारिक वेबसाइट र पुल्चोक, नयाँ बानेश्वर तथा पुतलीसडकमा रहेका अल्टिमा स्टोरहरूमा लागु हुने कम्पनीले जनाएको छ।
यसैगरी अल्टिमाले स्मार्टवाच म्याग्नम ई७०० को खरिदमा अल्टिमा अटम ८२० इयरबड्स पूर्ण रूपमा निःशुल्क दिने घोषणा गरेको छ।



