मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

हिँड्नसक्ने भइन् रेबिका, अस्पताबाटै परीक्षा

हिँड्नसक्ने भइन् रेबिका, अस्पताबाटै परीक्षा

images
२०८२ आषाढ २३ गते, सोमवार
२०८२ आषाढ २३ गते, सोमवार
  • काठमाडौं। गत चैत १५ गतेको राजावादी प्रदर्शनका क्रममा गोली लागी घाइते भएकी रेबिका खत्रीको स्वास्थ्य अवस्थामा सुधार भएको छ। दुवै खुट्टाको गरी नौ पटक शल्यक्रिया गरिएकी उनी अहिले आफैँ हिँड्नसक्ने भएकी छिन्।

    images

    “विस्तारै हिँडेर वाथरुमसम्म जानसक्ने भएकी छिन् तर अझै एक साताजति भर्ना गरेरै राख्नुपर्छ भनेको छ अस्पतालले” रेबिकाका दाजु दिनेश खत्रीले भने।

    images

    सिभिल सर्भिस अस्पतालमा उपचाररत २२ वर्षीया रेबिकाले बीबीएस तेस्रो वर्षको परीक्षा अस्पतालबाटै दिइन्। असार ७ देखि १५ गतेसम्म भएको परीक्षा उनले सहयोगी राखेर अस्पतालबाटै दिएको दिनेशले बताए। रेबिका तीनकुनेस्थित कोटेश्वर क्याम्पसमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत छिन।

    दायाँ तिघ्रामा गोली लागेकी रेबिकाको नसामा जटिल समस्या देखिएको थियो। पटक पटकको शल्यक्रियापश्चात सो खुट्टामा प्लाष्टिक सर्जरी समेत गरिएको छ। निरन्तर थेरापीमा भइरहेको र अन्तिमपटक एउटा माइनर प्लाष्टिक सर्जरी गर्नुपर्ने अस्पतालले जनाएको छ।

    राजावादी आन्दोलनका दिन कामबाट फर्किने क्रममा कोटेश्वरमा गोली लागि रेबिका र दाजु दिनेश घाइते भएका थिए। दिनेश एक सातामा नै सिभिल अस्पतालबाट डिस्चार्ज भएका थिए भने रेबिकाको सुरुमा सिभिल, बीचमा टिचिङ र अहिले पुन सिभिलमा नै उपचार भइरहेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend